५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

कोरोना जित्नेको कहानी : बाँचिएला जस्तो लागेको थिएन, पुनःजीवन पाएँ

कोरोना जित्नेको कहानी : बाँचिएला जस्तो लागेको थिएन, पुनःजीवन पाएँ
अ+ अ-

गण्डकी । “कोरोना लागि सकेपछि बाँचौँला जस्तो लागेको थिएन, तर निको भएर घर फर्किँदा निकै खुसी छु ।” यो भनाइ कोरोना सङ्क्रमण भई उपचार पश्चात निको भएर घर फर्केकी पोखरा महानगरपालिका–१९ लामाचौरकी ८८ वर्षीया देवीकुमारी गुरुङको हो ।

कोरोना सङ्क्रमण भई पोखरा–३१ मोहोरियास्थित प्रदेश सङ्क्रमण तथा सरुवा रोग अस्पतालमा गत साउन २६ गते भर्ना हुनुभएकी गुरुङ साउन ३२ गते आइतबार निको भएर विदाइ हुँदा हर्षित देखिनुहुन्थ्यो । “बूढेसकालको शरीर कोरोना जस्तो डर लाग्दो रोग लागेपछि घर फर्कने आश मारेकी थिएँ”, उहाँले भन्नुभयो, “अस्पतालका नानीबाबुको माया एवं व्यवहारले आत्मविश्वास बढ्यो र रोगलाई जितेर अहिले पुनःजीवन पाएजस्तो लागेको छ ।”

विदाइ कार्यक्रममा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश विधायन समितिका सभापति मोहन रेग्मी, गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्मा, स्वास्थ्यकर्मी, जनप्रतिनिधि सहित सञ्चारकर्मीतर्पm फर्केर हँसिलो अनुहारमा अभिवादन गर्दै गुरुङले भन्नुभयो, “आत्मविश्वास बढाएमा कोरोना रोग लाग्दैमा डराउनु पर्ने रहेनछ ।”

कोरोना सङ्क्रमण देखिएर अस्पताल जाँदा राम्रो व्यवहार नपाउने हो कि भनेर डरलागेको उहाँले बताउनुभयो । एक हप्ता अस्पतालमा उपचार गर्दा राम्रो सुविधा पाएको र निको भएको गुरुङसँगै घर फर्कन लाग्नुभएका अन्य नौ जनाले पनि उपचार सेवाको प्रशंसा गर्नुभयो ।

प्रदेश सरकारले सञ्चालन गरेको कोरोना विशेष अस्पतालबाट पहिलो पटक गुरुङसहित १० सङ्क्रमित निको भएर घर फर्किएको अस्पतालका कार्यवाहक मेडिकल सुपरिटेन्डेन्ट डा त्रिभुवन भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार साविक लायन्स सामुदायिक अस्पतालबाट गण्डकी प्रदेश सङ्क्रमण तथा सरुवा रोगमा परिणत भएको अस्पतालमा हाल २६ सङ्क्रमितको उपचार भइरहेको छ ।

“अस्पतालमा हाल ३४ आइसोलेसन कक्ष छन्”, डा भण्डारीले भन्नुभयो, “बिरामीको आवश्यकता एवं सरकारको नीति नियमअनुसारनै सेवा प्रदान गरेका छौँ । अस्पतालमा ३४ स्वास्थ्यकर्मीले सेवा प्रदान गर्दै आएका छन् ।” गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा शर्माका अनुसार प्रदेशका विभिन्न अस्पतालमा हाल २०९ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।