५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

संक्रमण देखिएका र संक्रमणको जोखिममा रहेका क्षेत्रलाई निसंक्रमण गर्दै महानगर

संक्रमण देखिएका र संक्रमणको जोखिममा रहेका क्षेत्रलाई निसंक्रमण गर्दै महानगर
अ+ अ-

काठमाडौं । काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि निस्संक्रामक औषधि छर्कने (डिस–इन्फेक्ट) कार्यलाई निरन्तरता दिदैँ आएको छ । कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण फैलिन नदिनसंक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा निसंक्रमण गर्ने कार्यलाई निरन्तरता दिएको काठमाडौँ महानगरपालिकाको भनाई छ । 

संक्रमण शुरु भएदेखि नै महानगरपालिकाले टेकु, वीर अस्पताल, कालीमाटी फलफुल बजारलगायतका स्थानलाई निस्सक्रमण बनाउन थालेको थियो । यसलाई निरन्तरता दिँदै अहिले संक्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र र सार्वजनिक क्षेत्रलाई निसंक्रमण गरिरहेको हो । नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटा भन्नुहुन्छ — हामीले दिनको १४ वटासम्म सवारी र उपकरण परिचालन गरेका छौं । अहिले दैनिक १० वटासम्म सवारी र उपकरण परिचालन भइरहेका छन् । 

कालीमाटी र बल्खुजस्ता तरकारी बजार, महानगरीय ट्राफिक प्रहरी महाशाखालगायत संक्रमण देखिएका ठाउँ, संक्रमित बिरामी लैजाने अस्पताल क्षेत्र, बिरामी भेटिएका ठाउँ र निषेधाज्ञा जारी हुनु अघि भीड भएका ठाउँलाई प्राथमिकतामा राख्ने गरिएको छ, महाशाखा प्रमुख सापकोटाको भनाइ छ । 

एकसरो सबै वडामा पुगिसकेका छौं । वडाबाट माग भएका ठाउँमा पठाउने गरेका छौं । सापकोटा भन्नुहुन्छ — निसंक्रमण गर्ने प्रचलित मापदण्डबमोजिमको रसायन प्रयोग गरेर काम गरिरहेका छौं । जनस्वास्थ्य सुरक्षाका लागि यो जरुरी छ । यसलाई हामी भाइरसको संक्रमण निस्तेज नहुञ्जेल जारी राख्छौं ।