५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

‘होम आइसोलेशन’का आठ जनाले जिते कोरोना

‘होम आइसोलेशन’का आठ जनाले जिते कोरोना
अ+ अ-

कृष्ण दवाडी, कास्की । पोखरा महानगरपालिका–५ मालेपाटन स्थित बागवानी अनुसन्धान केन्द्रमा बागवानी अधिकृत पदमा कार्यरत सरोज अधिकारीलाई गत साउन २६ गते कोरोना सङ्क्रमण पुष्टि भयो । सामान्य रुघाखोकी लागेपनि कोरोनासँग मिल्दोजुल्दो अन्य कुनै लक्षण उहाँमा थिएन । कार्यालयको आवास गृहमा ‘होम आइसोलेशन’को मापदण्ड पूरा हुने भएकाले उहाँ अस्पताल नगई ‘निवास’मै बस्नुभयो ।

दृढ आत्मबल र घरेलु उपचार विधिको अवलम्वनबाट कोरोना जित्नेमा विश्वस्त उहाँका परिवारबाट छुट्टै रहेर परम्परागत खानपीन, गुर्जो, कागती र बेसारपानी निरन्तर खाएपछि शुक्रबार १२ औँ दिनमा कोरोना सङ्क्रमण मुक्त हुनुभएको छ । 

“आत्मबल बलियो बनाउनुपर्छ र कोरोनालाई सहजै पराजित गर्न सकिन्छ भन्नेमा म शुरुआतदेखीनै दृढ थिँए ।” उहाँले भन्नुभयो,“बेसार र ज्वानो मिसाएको पानी दिनमा तीन देखी पाँच पटकसम्म लिएँ, शक्तिवद्र्धक खानेकुरा, मासु र क्वाटीका झोल पिएर अहिले निको भएको छु ।”

आइसोलेशनमा बस्दा पर्याप्त दूरी कायम भएकाले परिवारका अन्य सदस्यलाई सङ्क्रमण नदेखिएको तथा आफूले  व्यक्तिगत समस्या नभोगेपनि कोरोनाका बिरामीलाई समाजले हेर्ने र गर्ने व्यवहारबाट बिरामीमा पर्ने मनोवैज्ञानिक असरलाई न्यूनीकरण गरेमा अस्पतालमा भन्दा होम आइसोलेशन बढी सुरक्षित रहेको उहाँको भनाई छ । 

होम आइसोलेशनमा बस्नेको उपचारको जिम्मा स्थानीय तहमा रहेकाले एक जना स्वास्थ्यकर्मीले निरन्तर फोन सम्पर्क गर्ने र स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने गरेको अधिकारीले बताउनुभयो ।

अधिकारीजस्तै कोरोना सङ्क्रमण पुष्टि भएपछि पोखरामा होम आइसोलेशनमा बसेका आठ जना शुक्रबार पहिलोपटक कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

पछिल्लो समय सङ्क्रमण पुष्टि भएकाहरु अस्पतालमा पर्याप्त कक्ष नभएपछि होम आइसोलेशनमा रहेका थिए । होम आइसोलेशनमा रहेर कोरोना निको भएकाहरुमा पोखरा वडा नं १४ का तीन, वडा नं ९ का दुई तथा वडा नं ५, वडा नं १७ र वडा नं १९ का एक÷एक जना रहेको महानगर स्वास्थ्य महाशाखाले जनाएको छ । 

सरकारले पनि पछिल्लो पटक सङ्क्रमणको कुनै लक्षण तथा चिन्हहरु नभएका तथा सामान्य लक्षण भएका सङ्क्रमित व्यक्तिहरु आ–आफ्नै घरमा आइसोलेशनमा बस्ने सक्ने गरी सुविधा दिएको छ ।

“सङ्क्रमण पुष्टि भएका तर लक्षण नदेखिएका तथा होम आइसोलेशन मापदण्डको पालना गर्न सक्नेहरु २७ जना आइसोलेशनमा रहेकामा शुक्रबार पहिलोपटक आठ जना फलोअप परीक्षण नतिजा नेगेटिभ आएपछि कोरोेनामुक्त हुनुभएको छ ।”महाशाखाका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले भन्नुभयो ।

होम आइसोलेशनमा रहेकाहरुले नियमित तापक्रम जाँच गरी स्वास्थ्यकर्मीलाई जानकारी गराउने गरेको तथा स्वास्थ्यमा समस्या आएको खण्डमा अस्पताल ल्याउने गरिएको उहाँले जानकारी दिनुभयो । पोखरामा अस्पतालका सबै आइसोलेशन कक्ष बिरामीले भरिकाले सामान्य लक्षण भएकाहरुलाई घरमै राखिएको महाशाखाले जनाएको छ । 

घरमानै आइसोलेशनमा बस्ने सङ्क्रमित तथा उनीहरुका परिवार सदस्यहरु उपचार अवधिभर घर बाहिर ननिस्कने, पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्र्ने,खानपानमा विशेष सावधानी अपनाई पर्याप्त मात्रामा झोलिलो तथा पोशिलो खानेकूरा खाने तथा स्वास्थ्य सरसफाइमा विशेष ध्यान दिनुपर्ने लगायतका मापदण्ड तोकिएका छन् ।

कास्कीमा हालसम्म २६९ जना कोरोना सङ्क्रमित भएकामा १६० जना निको भएका छन् । उपचार गराइरहेका विरामी९सक्रिय केस०को सङ्ख्या १०७ रहेकामा दुई जनाको कोरोनाबाट मृत्यु भएको छ । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्र र प्रदेश सरकार मातहतको सङ्क्रामक तथा सरुवा रोग उपचार अस्पतालमा सङ्क्रमितको उपचार हुँदै आएको छ ।