२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान स्थगित



अ+ अ-

काठमाडौँ: नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान स्थगित भएको छ । झापाको कचनकबलबाट फागुन १२ देखि सुरु भएको जागरण अभियान शनिबार रौतहट पुगेको थियो ।

राजनीतिक अबस्था तरल हुदै गएको अबस्थामा सरकार मुकदर्शक बनेको तथा संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीविरुद्ध भइरहेका गतिविधिको प्रतिवाद गर्न एक महिने अभियान स्थगित गरिएको महासचिब देब गुरुङले न्यूजपोलारलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “संसद्‌को कामकारबाहीलाई प्रभावकारी बनाउन, संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीविरुद्ध भइरहेका गतिविधिको प्रतिवाद गर्न एक महिने अभियान स्थगित गरिएको छ ,अभियानका लागि अर्को तालिका छिट्टै बनाउछौं ।”