५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

अझै भेटिएनन् बेपत्ता भएका ११ जना

अझै भेटिएनन् बेपत्ता भएका ११ जना
अ+ अ-

अछाम । अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा यही भदौ ३ गते बुधबार बिहान करिब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला पर्न सकेका छैनन् । 

बेपत्ता भएकाहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएपनि अहिलेसम्म भेटाउन नसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा डिएसपी योगेन्द्रसिंह थापाले बताए । 

सो बाढीपहिरामा बगेर छ जनाको मृत्यु भएको थियो । मृत्यु भएका छ जनाको शव फेला परी पहिचान भइसकेको छ । बाढीले बगाएर मृत्यु हुनेहरुमा रामारोसन गाउँपालिका–५ बस्ने वर्ष १५ को नवीन साउद, वर्ष ३३ की गौरी शाह, वर्ष २२ की बबिता बुढाऐर, वर्ष ४५ का अमर शाह, वर्ष ४५ की लालसर शाही तथा वर्ष ४८ का चन्द्र साउद रहेका छन् । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार सो खोलाको बाढीमा परी बगेर बेपत्ता हुनेहरुमा रामारोसन गाउँपालिका–५ बस्ने वर्ष ४७ का नन्दु साउद, वर्ष ४५ का गङ्गा साउद, वर्ष १७ का रुपेश साउद, वर्ष छ का प्राकृति साउद, वर्ष ५५ को जोगा साउद, वर्ष ४५ का अम्मर शाह, वर्ष ४० का पवित्रादेवी शाह, वर्ष चारका समिर शाह, वर्ष ३५ की सम्झना शाह, वर्ष ४५ का वासु साउद, वर्ष ४५ का लालसरा शाही, वर्ष आठका बसन्ती शाही रहेका छन् । बेपत्ता भएकाहरुमध्ये दुई जनाको नाम नखुलेको प्रहरीले जनाएको छ ।

खोलाले बगाएर बेपत्ता भएका थप ११ जनाको खोजी कार्यका लागि आज शनिबार पनि बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली खटिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । 

त्यसैगरी गृहमन्त्री रामबहादुर थापासहितको टोलीले कैलाश खोलाको बाढी प्रभावित क्षेत्रको शुक्रबार स्थलगत निरीक्षण गर्नु भएको थियो । बाढीले वेपत्ता भएका व्यक्तिहरुका परिवारसँग उक्त टोलीले भेटघाट गरेको थियो । निरीक्षणका क्रममा ग्रहमनत्री थापाले पीडित परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । टोलीमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, पूर्वउपप्रधान तथा गृहमन्त्री मन्त्री डा भीम रावलसहित रहेका थिए ।

 राति पसल तथा घरमा सुतिरहेको अवस्थामा अचानक बाढी आउादा उनीहरु सबै बगेर बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । बगेर बेपत्ता भएकाहरुको खोजी कार्यका लागि बुधबार दिउसोदेखि नेपाली सेनाको एआइ १७ नामक हेलीकप्टर परिचालन भएको थियो । 

कैलाश खोलामा आएको बाढीले सैनीबजारमा रहेका ३० वटा पसल, एक जीप, पाँच चौँपायासहित १७ जना नागरिक बगाएको थियो । खोलामा अहिलेसम्म पनि बाढी भएका कारण शव खोजी कार्य गर्न समस्या भएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।