काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आज सुनको मूल्य तोलामा ४ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ९ सय निर्धारण गरिएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेकोे छ । आज चाँदीको मूल्य प्रतितोला १३४५ रहेको महासंघले जनाएको छ ।











