१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाग्मतीमा डुबेर ३ जना बालिका बेपत्ता



अ+ अ-

रौतहट । रौतहटमा नदीमा डुवेर ३ जना बालिका बेपत्ता भएका छन् । जिल्लाको धर्मपुरमा रहेको बाग्मती नदीमा  डुबेर ३ जना बालिका बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा गढिमाई नगरपालिका( ७ कि १२ वर्षकी सुजिता कुमारी दास, १० वर्षकी पिंकुकुमारी मुखिया र १० वर्षकी चञ्चलकुमारी मुखिया बेपत्ता भएका रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले जानकारी दिए ।

सँगै नुहाउन गएकी अर्चना कुमारी मुखियाले बालिका डुब्दै गरेको देखेपछि स्थानीयलाई खबर गरेपछि डुबेका बालिकाहरुको खोजीका लागि स्थानीय वासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।