२२ भाद्र २०८३, सोमबार
,
Latest
विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैरआवासीय नेपाली नागरिकको सुरक्षाको लागि अन्तर्राष्ट्रिय सेल गठन गर्न माओवादी केन्द्रको माग



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले गैरआवासीय नेपाली नागरिकको सुरक्षाका लागि अन्तर्राष्ट्रिय सेल गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद पौडेलले यस्तो माग गर्नुभएको हो ।

उहाँले अमेरिकाले गैरआवासीय नेपाली नागरिकलाई हत्कडी र नेल लगाएर अन्तर्राष्ट्रिय मानवअधिकारको मूल्य,मान्यताविरित निकाला गरिरहेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले आवासमा रहेका नागरिकहरुको सुरक्षामाथि सरकार गम्भिर हुन जरुरी रहेको बताउनु भयो । उहाँले अमेरिका, जापान, कोरिया लगायतका मुलुकबाट नेपाली नागरिक डिर्पोट भइरहेको उल्लेख गर्दै उनीहरुको सहज स्वदेश फिर्तीको लागि पहलकदमी अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘अमेरिकाबाट भर्खरै १० जना र केही समयअघि २५ जना नेपाली नागरिक निकै अपमानित तरिकाले हातमा हत्कडी, नेल र मानव अधिकारका अन्तर्राष्ट्रिय मूल्य,मान्यता विपरित नेपालीहरुलाई फिर्ता गरिएको छ । दुवैबाट दुई हजार पाँच सय, जापान, दक्षिण कोरिया, अजरबैजान लगायतका देशहरुबाट नेपालीहरु डिर्पोट भएर फिर्ता आउने क्रम रहेको छ । एक तिहाई जनसंख्या विदेशमा छ । विदेशमा रहेका नेपालीहरुको सुरक्षा गर्नको लागि र उनीहरुलाई सहजतापूर्वक नेपाल फिर्ता गर्नको लागि नेपाल सरकारले परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय प्रकारको सेल गठन गरेर नेपालीहरुको सुरक्षाको निम्ति गम्भिर पहलकदमी लियोस् । ’

उहाँले गैरआवासीय नेपालीको सुरक्षाको लागि सरकार गम्भिर नभएको आरोप समेत लगाउनु भयो ।