२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी

उपत्यकामा विदेशबाट आएका नागरिकलाई राख्न ९ सय ५० आइसोलेसन बेड तयार पारिने

उपत्यकामा विदेशबाट आएका नागरिकलाई राख्न ९ सय ५० आइसोलेसन बेड तयार पारिने
अ अ+ अ-

काठमाडौं । विदेशबाट आएका नागरिकलाई राख्न सरकारले काठमाडौं उपत्यकामा ९ सय ५० बेडको आइसोलेसन वार्ड तयार गर्ने भएको छ। यसका लागि तीन स्थानलाई पहिचान गरी एकीकृत क्वारेन्टिन निर्माण समितिले काम थालेको छ।  गृह मन्त्रालयमा आइतबार बसेको बैठकले सामाखुसीको राधास्वामी भवनमा ५ सय बेड, कीर्तिपुरमा ३ सय बेड, ललितपुरको स्टाफ कलेजमा एक सय बेड र भक्तपुरको चाँगुनारायण नगरपालिका तेलकोटमा ५० बेड क्षमताको आइसोलेसन तयार गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए।  

यसअघि पनि गृह मन्त्रालयले संक्रमण फैलिएको जिल्लाबाट अर्को जिल्लामा जाँदा क्वारेन्टिनमा बस्नुपर्ने र विदेशबाट आएका नागरिकलाई पनि क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो। भदौ ५ गतेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालय र गृहसचिव नै संयोजक रहनेगरी क्वारेन्टिन व्यवस्थापन समिति बनाएपछि आइबारदेखि काम सुरु भएको हो। मन्त्रिपरिषद् बैठकले समितिलाई दिएको निर्देशनअनुसार विदेशबाट आएका श्रमिक क्वारेन्टिनमा बस्दा लाग्ने खाना खर्च वैदेशिक रोजगार कल्याणकारी कोषले बेहोर्नेछ।

प्रधानमन्त्री कार्यालयले सबै जिल्लामा आइसोलेसन बेड व्यवस्था गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो। जिल्ला प्रशासन कार्यालयमार्फत सबै जिल्लामा आइसोलेसन बेड तयार गर्न, क्वारेन्टिन बनाउन, निषेधाज्ञा प्रभावकारी बनाउन निर्देशन आएपछि ७७ वटै जिल्लामा तयारी तीव्र भएको गृह मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री कार्यालयले पनि निर्देशन कार्यान्वयन भएनभएको अनुगमन गरिरहेको छ। प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागार्इंले मन्त्रिपरिषद् बैठकले गरेका निर्णय कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र कार्यान्वयन भएनभएको जानकारी लिन थालिएको बताए। ‘मन्त्रिपरिषद् बैठकले गरेका निर्णय तदारुकताका साथ कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालय र निकायलाई घचघच्याएका छौं’, गुरागाईंले भने।

भदौ ५ गतेको मन्त्रिपरिषद् बैठकले विदेशबाट मानिस ल्याउने, क्वारेन्टिन बनाउने, उद्धारका लागि नियमित उडान गर्ने, जिल्लाजिल्लामा आइसोलेसन बेड तयार गर्ने एकीकृत क्वारेन्टिन निर्माण गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका सरकारी अस्पताल, आवश्यकताअनुसार अन्य निजी, सामुदायिक एवं शिक्षण अस्पताल र स्वास्थ्य प्रतिष्‍ठानसमेतलाई प्रयोगमा ल्याई हाललाई कम्तीमा ६ हजार आइसोलेसन बेड प्रबन्ध गर्ने, आवश्यकताअनुसार थप गर्दै जाने, काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लामा प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संक्रमण जोखिमको विश्‍लेषणका आधारमा आइसोलेसन बेडको प्रबन्ध गर्ने निर्णय गरेको थियो।  

निषेधाज्ञा जारी गरेका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले अत्यावश्यक सेवाका सामान खरिद गर्न बिहान ९ बजेसम्म समय तोकेका छन्। काठमाडौ जिल्ला प्रशासन कार्यालयका प्रमुख जनकराज दाहालले खाद्यान्न र अत्यावश्यक सामान खरिदका लागि बिहान ९ बजेसम्म पसल खोल्न पाइने जनाएका हुन्। गृह मन्त्रालयले यसअघि खाद्यान्नलगायतका अत्यावश्यक वस्तु तथा सेवाका पसल आवश्यक सावधानी अपनाएर खोल्न पाउने निर्णय गरेको थियो। नागरिक दैनिक