२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी

रेमडिसिभिर ट्रायल फेजमा, जथाभावी बिक्री गरे कारवाही

रेमडिसिभिर ट्रायल फेजमा, जथाभावी बिक्री गरे कारवाही
अ अ+ अ-

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै क्लिनिकल ट्रायलका रूपमा नेपालमा लिइएको रेमडिसिभिर औषधि जथाभावी सिफारिसर बिक्री गर्नु कानुन विपरीतरहेको जनाएको छ। सरकारले कोभिड–१९ घोषणा गरेका अस्पताल, स्वास्थ्य अनुसन्धान परिषद्ले तोेकेका चिकित्सकर बिरामीको अनुमतिमा मात्र प्रयोग गर्नेगरी नेपालमा लिएकोले अन्य रूपमा बिक्री तथा सिफारिस गरेको पाइएमा कानुनविपरीत कार्य ठहर गर्ने जनाएको छ। आइतबार परिषद्का सदस्य–सचिव डा. प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन्। ‘नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को प्राटोकलअनुसार मात्र प्रयोग गर्न गराउन सबैलाई अपिल गर्दछु,’ उनले भने।  

नियमविपरीत प्रयोग तथा बिक्री गरिएमा कानुनी कारबाही हुने परिषद्ले जनाएको छ। यो औषधि नेपाल सरकारले तोकेको कोभिड अस्पतालमा चिकित्सकको प्रत्यक्ष निगरानीमा बिरामीको सहमति लिएर मात्र प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ। 

उपत्यकामा एकैदिन २५१ जना कोरोना संक्रमित, थप तीनको मृत्यु 

काठमाडौं उपत्यकामा आइतबार २ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको नियमित पत्रकार सम्मेलनमा १ सय ६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको थियो। मन्त्रालयले साँझ थप ८५ जनामा संक्रमण भएको पुष्टि  गरेको  हो । यसअघि उपत्यकामा औसत १ सय ५० देखि २ सयको संख्यामा संक्रमित फेला   पर्ने गरेका थिए। शनिबार २ सय १६ थियो। शुक्रबार १ सय ८२, बिहीबार २ सयर बुधवार १ सय ३४ थियो। दुई सातायता काठमाडौंमा दैनिक संक्रमणदर बढिरहेको देखिएको छ।  

संक्रमित दैनिक बढेपछि काठमाडौं उपत्यकामा अहिले बिरामी व्यवस्थापन गर्न कठिन परिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ। उपत्यका तथा अन्य भागमा समेत संक्रमण थपिँदै गएपछि आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमलै लक्षण भएका बिरामीलाई मात्र अस्पतालमाराख्नर नभएकालाई होम आइसोलेसन तथा संस्थागत आइसेलेसन सेन्टरमाराख्ने व्यवस्था गर्न सबै अस्पताल आग्रह गरेका छन्। अहिलेकै स्थितिमा उपत्यकामा संक्रमण समुदायमा फैलिएपछि नियन्त्रण गर्नै नसकिने अवस्था हुने बताए। ‘उपत्यकामा ५० लाख जनसंख्यारहेकोर यहीअनुसार संक्रमण समुदायमा फैलिने हो भने भयावह रूप लिनेछ,’ उनले उपत्यकावासीलाई इंगित गर्दै भने।

उपत्यकावासीले गरेको लापरबाहीका कारण अहिलेको अवस्था आएको आरोप पनि उनले लगाए। ‘मैले जुलुुसमा नजान भने, जुलुसमा जानुभयो, सभा–सम्मेलन नगर्नुस् भने, सभा सम्मेलन गर्नुभयो,’ डा. गौतमले भने। अहिलेकै अवस्थामा नियन्त्रण गर्न व्यक्तिगत सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्न उनले आग्रह गरे। काठमाडौं उपत्यकासहित आइतबार देशभर ८ सय १८ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये महिला २ सय २० र ५ सय ९८ जना पुरुष छन्। यीसहित नेपालमा कुल संक्रमित संख्या ३१ हजार ९ सय ३५ पुगेको छ। यीमध्ये १ सय ४९ जना संक्रमितको मृत्यु भइसकेको छ। आइतबार थप ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीयर सर्लाहीकी ३२ वर्षीय महिलाको मृत्यु भएको छ। नेपालमा कुल संक्रमितमध्ये ०.४७ प्रतिशत मृत्यु दररहेको छ।  

आइतबार उपत्यकाबाहिर सबैभन्दा बढी पर्सामा १ सय ३९, सर्लाहीमा ९१, मोरङमा ५०, बारामा ३९, महोत्तरीमा ३४ नवलपरासीमा ३०, अछाममा २३, काभे्रमा २७र रूपन्देहीमा २८ जना संक्रमित भएका छन्।  

कुल संक्रमितमध्ये हाल देशभरिमा १३ हजार १ सय ५५ जना सक्रिय संक्रमित छन्। कुल संक्रमितमध्ये १८ हजार ६ सय ३१ निको भइसकेका छन्। सक्रिय संक्रमितमध्ये १ सय ३७ जनाको आइसियुमा उपचार भइरहेको छ भने १० जनाका बाग्मती प्रदेशमा भेन्टिलेटरमा उपचार भइरहेको छ। त्यसैगरी, ३ हजार ९ सय ४३ जना होम आइसोलेसनमा छन् भने ९ हजार २ सय १२ संंस्थागत आइसोलेसनमा छन्। ११ हजार ४ सय १४ जना क्वारेनटिनमा छन्। नागरिक दैनिक