२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी

प्लाज्मा थेरापी गर्न अमेरिकी सरकारले दियो स्वीकृति

प्लाज्मा थेरापी गर्न अमेरिकी सरकारले दियो स्वीकृति
अ अ+ अ-

काठमाडौं। अमेरिकाको औषधि तथा खाद्य प्रशासन (एफडीए)ले संकटको अवस्थामा कोरोना सङ्क्रमित बिरामीमा प्लाज्मा थेरापी पद्धतिबाट उपचार गर्न स्वीकृति दिएको छ । सङ्क्रमणमुक्त भइसकेका प्रतिरक्षा क्षमता यथेष्ट हुने ब्यक्तिको रगत प्लाज्माबाट जटिल अवस्थाका सङ्क्रमितमा प्लाज्मा थेरापी गरिन्छ ।

अमेरिकामा हालसम्म ७० हजार सङ्क्रमितमा प्लाज्मा थेरापी गरिसकिएको छ । राष्ट्रपति ट्रम्पले प्लाज्मा थेरापी विधिको प्रयोगले कम्तिमा ३५ प्रतिशतले कोरोनाभाइरस सङ्क्रमणबाट हुने मृत्युदर घटाउने दाबी गरेका छन् ।

एकदिन अघि मात्रै ट्रम्पले औषधि प्रशासनलाई राजनीतिक कारणले खोप विकास र थेरापी प्रकृयाको निर्णयमा ढिलाइ गरेको भन्दै आलोचना गरेका थिए।

बीबीसीका अनुसार रिपब्लिकनको राष्ट्रिय सम्मेलनको पूर्बसन्ध्यामा अमेरिकी औषधी प्रशासनले प्लाज्मा थेरापीबाट उपचार पद्धतीको स्वीकृति दिने घोषणा गरेको हो । राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालको लागि चुनाबी अभियानको उक्त सम्मेलनबाट सुरुवात गर्नुहुनेछ ।

आइतबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले भने, “मैले लामो समयदेखि उपचार पद्धतीका लागि प्रतिक्षा गरेको थिएँ, कोरोनाभाइरस विरुद्धको संघर्षमा यो घोषणा ऐतिहासिक हुनेछ ।”

राष्ट्रपति ट्रम्पले उक्त उपचार पद्धतीलाई शक्तिशाली थेरापीको संज्ञा दिनुहुँदै कोरोनामुक्त भइसकेको अमेरिकीलाई प्लाज्मा दान गर्न आग्रह गरेका छन् । औषधी प्रशासनले पूर्ण अनुमतिको सट्टा संकटकालीन समयमा प्रयोग गर्न सकिने गरी स्वीकृति दिएको छ । प्लाज्मा थेरापीको प्रभावकारिता सम्बन्धमा थप अध्ययन भइरहेको पूर्ण स्वीकृति नदिइएको बताइएको छ ।
अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणबाट हालसम्म एक लाख ७६ हजारभन्दा बढी ब्यक्तिले ज्यान गुमाएका छन् । जाने हप्कीन्स विश्वविद्यालयका अनुसार अमेरिकामा हालसम्म करिब ५७ लाख ब्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । (आजको गोरखापत्र दैनिकमा समाचार छ)