६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिमाद धरमपानीबाट बेपत्ता भए महेश



अ+ अ-

तनहुँ । तनहुँको भिमाद नगरपालिका–२ धरमपानीबाट महेश सुवेदी बेपत्ता भएपछि खोजीका लागि उनका परिवार तथा आफन्तले आग्रह गरेका छन् ।

घरमा सुतिरहेका ३६ वर्षीय सुवेदी फागुन १७ गते बिहान एकाएक बेपत्ता भएका हुन् । उनको खोजीका लागि परिवार तथा आफन्तले जिल्ला प्रहरी कार्यालय तनहुँमा निवेदनसमेत दिएका छन् ।

राति ठूलोबुवाको घरमा सुतेका महेश बिहान कोठामा फेला नपरेपछि परिवारले खोजी थालेका थिए ।

बिहान सवा ५ बजे सम्पर्कमा आएका महेश त्यतिबेला आफू ‘कहाँ छु भन्ने थाहा नभएको’ बताए लगत्तै मोबाइल अफ भएको महेशका दाजु तथा वडा नम्बर २ का सचिव गोपालकृष्ण सुवेदी बताउँछन् ।

‘राति सँगै सुतेका भाइ बिहान कोठामा हेर्दा थिएनन् र लगत्तै फोन गर्दा सवा ५ बजे भएको थियो । उनले म कहिले गगनगौंडा त कहिले हेमजामाथि जंगलमा भएको र पछि आफू कहाँ छु भन्ने थाहा नपाएको बताएका थिए,’ दाजु गोपालकृष्णले भने ।

महेश हाल कावासोती नगरपालिका–३ मध्यविन्दु टोल बस्दै आएका थिए । उनी भतिजहरुको व्रतबन्धमा भिमादको धरमपानी पुगेका थिए । सोही बेला सुवेदी बेपत्ता भएका थिए । पाँच दिन भइसक्दा पनि परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि उनको खोजीका लागि आग्रह गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले छिमेकी जिल्ला र अन्य प्रहरी कार्यालयमा पनि सुवेदीको विवरण पठाएर सर्कुलर गरेको छ ।

उनको कल डिटेल मगाएर लोकेसन विश्लेषण गर्ने काम भइरहेको र अहिले नै उनको एकिन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।