२८ भाद्र २०८३, आईतवार
,
Latest
लिङदेनको दाबी : ‘जेन–जी’ विद्रोहपछि आशा होइन, अनिश्चितता बढ्यो बृहत् पुतली गणना अभियान सुरु-तस्बिरहरू एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन महानगरको प्रस्ताव स्वयम्भूमा एक महिनाको मेला सम्पन्न जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार प्रधानसेनापति सिग्देल चीन प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी निकट अखिल नेपाल खेलकुद महासंघको पूर्ण बैठक चैतमा



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघको पूर्ण बैठक आगामी चैतमा हुने भएको छ ।

महासंघको आज बसेको बैठकले केन्द्रीय समितिको स्कुलिङसहित पूर्ण बैठक चैतभित्र सम्पन्न गर्ने निर्णय गरेको हो ।

पार्टीका केन्द्रीय सदस्य एवम् महासंघ इन्चार्ज दीपक कोइराला (रुपक) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको अध्यक्षता महासंघका केन्द्रीय अध्यक्ष शिव कोइराला (ज्वाला)ले गर्नुभएको थियो ।

बैठकले जिल्ला एवम् प्रदेश समिति सम्मेलन आगामी बैशाखभित्र गर्ने र सम्मेलनको नारा एवम् कार्यक्रम (एक सम्मेलन एक खेलकुद प्रतियोगिता) भन्ने तय गरेको हो । बैठकले केन्द्रीय सम्मेलनको तयारीमा जुट्ने निर्णयसमेत गरेको छ ।