६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

अन्योलमा रातो मच्छिन्द्रनाथ रथयात्रा

अन्योलमा रातो मच्छिन्द्रनाथ रथयात्रा
अ+ अ-

काठमाडौं । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथ रथयात्रा पुनः अन्योलमा रहेको छ । मुलुकमा दिनानुदिन बढ्दै गएको कोरोना महामारी र समय अभावका कारण उक्त रथयात्रा कहिले हुन्छ भन्ने निश्चय गर्न  सकिएको छैन । 

देशभर हरेक दिन कोरोना सङ्क्रमित थपिदै जाँदा यसै महिनाको तेस्रो सातासम्ममा मच्छिन्द्रनाथ रथयात्रा सम्पन्न गर्न आवश्यक भएको सो गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “अबको १० दिनभित्रमा रथयात्रा गर्ने तयारीका लागि हामी अघि बढ्नुपर्छ । यदि यस अवधिमा पनि रथयात्राको तयारी अघि बढेन भने पुल्चोकबाट गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल रथ पुर्याउन कम्तीमा चारदेखि पाँच दिन समय लाग्ने र शुभ साइत पनि पाउन मुस्किल हुनेछ ।”  

आउँदो असोज २ गतेदेखि मलमास शुरु हुने र मलमासमा रथजात्रा गर्न नहुने धार्मिक मान्यता छ । कात्तिकको २ गतेदेखि नौरथा शुरु हुने तथा १० गते विजयादशमीपछि बाँकी रहेको छोटो समय र आउँदो मङ्सिर महिनामा रातो मच्छिन्द्रनाथलाई पुनः बुङ्मतीबाट पाटनमा ल्याउनुपर्ने चलन रहेकाले रथयात्रालाई  तत्काल अघि बढाउनुपर्ने उहाँको भनाइ छ । आफूहरुले गत आइतबार मात्र सो विषयमा राष्ट्रपतिका, प्रधानमन्त्री र अन्य सरकारी अधिकारीहरुसँग भेटेर कुरा राखेको जोशीले जानकारी गराउनुभयो । 

आर्यावलोकीतेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा बिराजमान गराइएको थियो । यसवर्ष कोभिड–१९ का कारण लामो समय मच्छिन्द्रनाथलाई पुल्चोकमै राखिएको छ । रथलाई पुल्चोकबाट गाःबहाल पु¥याएर गुरु पूजा गरी गाःबहालबाट मङ्गलबजार पुर्याएर दरवार पूजा गर्ने गरिन्छ । 
मङ्गलबजारबाट सुन्धारा पुर्याएर बाराही पूजा र सुन्धाराबाट लगनखेल पु¥याएर उपयुक्त दिनमा महाबली दिनु नै पर्ने चलन रहेका हुँदा यी सबै काम गर्नु पर्ने भएकाले समेत केही दिन लाग्ने जोशीले जानकारी गराउनुभयो । यसवर्ष कोभिड महामारीका बीच मच्छिन्द्रनाथ रथयात्रा सम्पन्न गर्न केही सशस्त्र प्रहरी, नेपाली सेना, जात्रासँग सम्बन्धित ६० देखि ७० जना व्यक्ति, रथाको अगाडि एउटा डोजर र पछाडि एउटा क्रेन बाँधेर भएपनि नढल्काइकन रथजात्रा गर्नुपर्ने अवस्था रहेको छ । 

रथजात्रालाई कहिलेदेखि अघि बढाउने भन्ने विषयमा ज्यापू समाज ललितपुरलगायतका १९ जातीय समूह मिलेर केही निष्कर्ष निकाल्ने महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको भनाइ छ । उहाँले भन्नुभयो, “दसैँ अघिसम्म पाटनमा रथयात्राका साथै भोटोजात्रा सम्पन्न गरिएन भने रातो मच्छिन्द्रनाथलाई भक्तपुरवासीले आफ्नो हक जनाएर लान पाउँछन् भन्ने कुरा सुन्नमा आएपनि यो कुरा भने कुनै पनि पुस्तकमा उल्लेख भएको छैन ।” बढ्दो महामारीका कारण हाललाई भोटोजात्रा भन्दा पनि जनताको सुरक्षामा विशेष ध्यान दिनुपर्ने समय भएको महर्जनले बताउनुभयो । 

आफूहरु जात्रासँग सम्बन्धित एक सहयोगी संस्था मात्र रहेकाले नेपाल सरकारको निर्णयपछि सो काममा अघि बढ्ने भएको समाजका अध्यक्ष चन्द्र महर्जनले बताउनुभयो । मच्छिन्द्रनाथ रथयात्रा कहिले गरिन्छ भन्ने निर्णय यही भदौ १५ गतेपछि हुने भएको पुजारी पूर्णराज शाक्यले बताउनुभयो ।

विसं ८०० मा राजा बरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएका ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो । गतवर्ष चैत २७ गते करुणामयलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराइएको थियो । लोकेश्वरको मुख पश्चिमपट्टी फर्काइ, चाँदीको गाग्रीमा पाँच तीर्थको पानी, गाईको दुध, विभिन्न प्रकारका फूल मिसाएर गुभाजुले विभिन्न मन्त्रद्वारा पाठ गरेर महास्नान गरिएको पाटन सुन्धारा निवासी सूर्यमान डङ्गोलले बताउनुभयो । उहाँले भन्नुभयो, “दसँै अघिसम्म पाटनमा रातो मच्छिन्द्रनाथको रथजात्रा र भोटो जात्रा सम्पन्न गरिएन भने बुँगद्यःलाई भक्तपुरवासीले आफ्नो हक जनाएर सधैँभरिका लागि लैजान पाउँछन् ।”

 मच्छिन्द्रनाथलाई भक्तपुर लगेमा सधँैभरि यस जात्रा भक्तपुर शहरमा गर्नुपर्ने हुन्छ । भक्तपुरमा पनि लोकेश्वरलाई राख्ने मन्दिर बनेको छ ।” वृष्टिदेवको जात्रा गर्न विभिन्न वस्तुको आवश्यक पर्ने भएकाले यसलाई जुटाउन र रथ बनाउन पनि निकै मिहेनत गर्नुपर्ने हुँदा यसअघि पनि एकपटक भक्तपुरवासीले करुणामयलाई उतै लाने अवसर पाउँदा नलगी पाटनमै छाडिदिएका कुरा सुन्नमा आएको डङ्गोलले जानकारी गराउनुभयो । 

किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए भन्ने धार्मिक कथा रहेको छ । 

यो जात्रा काठमाडांँै उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो । यस जात्रा हेर्न काठमाडौँ उपत्यकाका तीनै शहरबाट श्रद्धालु भक्तजन पाटन आउने चलन छ । यस वर्ष जावलाखेलवासीले समेत रथ र भोटोजात्रा कहिले हेर्न पाउँछन् भन्ने अन्योल रहेको छ । काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तावलोकीतेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकीतेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्ने गरिन्छ । हिन्दूहरु यिनलाई भर्खरै उदाउन लागेको सूर्यनारायणका रुपमा लिन्छन् ।

रक्तावलोकीतेश्वर लोकनाथको वर्ण अरुणावर्ण छ । दुई ठूला ठूला आँखा छन् । दबिएको नाक छ । उचाइ चार फुट लामो छ । पवित्र माटो ९मृत्तिका, तेराकोटा० बाट बनेको मूर्ति सुन्दर र भव्य देखिन्छ । शिरमा रत्नमुकुट, निधारमा टीका र  कानमा रत्नजडित गहनाले मूर्ति सुसज्जित भएको छ । घाँटीमा कर्कोट नागको रत्नमाला, हातमा चुरा र बाला र खुट्टामा कल्ली सुशोभित छन । दाहिने हात वरद मुद्रामा छ । बायाँ हातमा कमलको फूल छ । लोकनाथ विराजमान हुने विहार ललितपुरको तःबहाल र बुङ्मतीको मन्दिर दुवै उत्तरतिर फर्केका छन् । यसैले मूर्ति जहिले पनि उत्तरााभिमुख गरी राखिने भएको मुनीन्द्ररत्न बज्राचार्यद्वारा लिखित पुस्तकमा उल्लेख गरिएको छ ।