काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार काठमाडौंका एक सय ९९ जना, ललितपुरका १९ जना र भक्तपुरका १४ जना छन्।
उनीहरूको काठमाडौंस्थित विभिन्न प्रयोगशालामा परीक्षण गरिएको हो।
सोमबार मात्रै काठमाडौं उपत्यकामा दुई सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएकको थियो।











