२९ श्रावण २०८३, शुक्रबार
,
Latest
‘काँग्रेसको गरिमा र एकताका लागि देउवाकै नेतृत्व अपरिहार्य’: डा. प्रकाशशरण महत ‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ’-नेता सिटौला काँग्रेसलाई एकतावद्ध बनाउन देउवाको भुमिका निर्णायकः लेखक १४ औँ महाधिवेशनको समिति पुनस्र्थापित नभएसम्म पार्टी एकता सम्भव छैनः नेता साउद शङ्खरापुर नगरपालिकाको वार्षिक प्रगति ७७ प्रतिशत : २१४ सडक–पुल पूर्वाधार सम्पन्न आँधीखोलाले बगाएका युवक मृत अवस्थामा फेला हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्री यादवको आह्वान सरकारी सूचना प्रवाहलाई चुस्त तुल्याउन सम्पादकहरूको सुझाव ‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’ ‘ब्याट्री व्यवस्थापनमा सवारी आयातकर्ताले अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गर्नुपर्छ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

२ अर्ब लगानीमा चन्द्र ढकालको कागज उद्योग सञ्चालनमा-फोटो फिचर



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा ल्याउनुभएको छ । उहाँले महोत्तरीमा नेपालकै ठूलो ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि’ सञ्चालनमा ल्याउनुभएको हो ।

विशेषगरी बित्तीय, पर्यटन, अटोमोबाइल, सूचनाप्रविधि र उर्जाक्षेमा संलग्न रहेको व्यवसायिक घराना आइएमई ग्रुपले पहिलो पटक कागज उद्योग सञ्चालनमा ल्याएको हो ।

पछिल्लो समय नेपालमा बढ्दो कागज आयातलाई प्रतिस्थापन गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले ढकालले कागज उद्योग सञ्चालनमा ल्याउनुभएको हो । हाल उक्त उद्योगमा आईएमई समूहलगायतको २ अर्ब रुपैयाँ बढी लगानी रहेको छ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ स्थित रामनगरमा रहेको यस उद्योगमा नेपाली लगानीकर्ताहरूकै लगानी रहेको छ । २०७८ सालमा शिलान्यास भएको यो उद्योगको निर्माण प्रक्रिया सकिएर २०८१ पुसदेखि उत्पादन शुरु गरिसकेको छ ।

उद्योगको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गर्ने कार्यक्रम छ । यो उद्योगले आयात प्रतिस्थापन गर्दै स्वदेशमै ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने छ ।

नेपालमा वार्षिक झण्डै डेढ लाख मेट्रिक टन पेपर खपत भइरहेको छ । नेपालमा कागज उद्योग नहुँदा अहिले सबै कामका लागि आवश्यक कागज आयात गर्नुपर्ने अवस्था छ ।

स्कुल कलेजमा लेख्ने–पढ्ने कापीदेखि फोटोकपी, ट्वाइलेट र टिस्यु पेपरसम्ममा समेत नेपाल परनिर्भर अवस्थामा छ । तर, उक्त उद्योग संचालनमा आएसँगै पहिलो वर्षमै नेपालका लागि आवश्यकमध्ये करिव ३० प्रतिशत कागज नेपालमै उत्पादन हुनेछ । उद्योगले स्वदेशी कच्चापदार्थ र जनशक्ति परिचालन गरी स्वदेशमै उच्च गुणस्तरीय कागज उत्पादन गर्ने दाबी गरेको छ ।