२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो

कोरोनाको कहर, बिमाको लहर

कोरोनाको कहर, बिमाको लहर
अ अ+ अ-

काठमाडौं । कोरोनाको संक्रमण बढेसँगै कोरोना बिमा गर्नेहरूको संख्या बढ्दै गएको छ । बिमा समितिले कोरोना बिमाको मापदण्ड बनाइदिएपछि लकडाउनमा पनि कोरोना बिमाका लागि सिफारिस दिन नगरपालिकाको वडा कार्यालयलाई अहिले भ्याइनभ्याई छ । बिमा समितिका अनुसार हालसम्ममा ७ लाख ७४ हजार जनाले कोरोना बिमा गरेका छन् । परिवारको एउटा मात्र बिमा पोलिसी हुने कारणले गर्दा भने हालसम्ममा ८४ हजारओटा पोलिसी जारी भएको छ । कोरोना बिमाबाट मात्र ४३ करोडको हाराहारीमा प्रिमियम उठिसकेको पनि बिमा समितिका सूचना अधिकृत निर्मल अधिकारीले जानकारी दिए ।

कोरोना बिमा गर्न एक्लैको एक लाख रुपैयाँको बिमा गर्ने हो भने एक हजार रुपैयाँ प्रिमियम तिर्नुपर्ने हुन्छ । परिवार वा समूहको गर्ने हो भने ६ सय रुपैयाँ लाग्ने प्रावधान छ । ५० हजारको एक्लैको गर्दा ५ सय र समूहको गर्दा ३ सय रुपैयाँ लाग्ने व्यवस्था पनि छ । परिवारको नै कोरोना बिमा गर्ने हो भने प्रतिव्यक्ति ३०० वा ६ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । स्थानीय तहअन्तर्गत वडा कार्यालयको सिफारिस लिन सकेको खण्डमा सरकारले आधा रकम प्रिमियम खर्च बेहोरिदिन्छ । परिवारका लागि वडा कार्यालयले १ महिनादेखि सोही स्थानमा बसोबास गरिरहेको भनेर सिफारिस दिएपछि एक लाखको बिमा गर्न ३ सय रुपैयाँ प्रतिव्यक्ति मात्र तिर्नुपर्ने हुन्छ ।

बिमा गर्न नेपाली नागरिक हुनुपर्ने र विदेशबाट फर्केको हो भने एक महिना नाघेको हुनुपर्ने प्रावधान राखिएको छ । बिमा समितिका अनुसार अहिलेसम्ममा १ लाख रुपैयाँको बिमा गर्नेमध्ये ७१ जनाले भुक्तानी पाइसकेका छन् भने ३ सयवटा भुक्तानीको प्रक्रियामा रहेको छ । ५० हजार रुपैयाँको बिमा गर्नेमध्ये नौवटाको भुक्तानी भइसकेको छ भने २६ वटा प्रक्रियामा रहेको छ । बिमा गर्ने मापदण्डमा सामूहिक कोरोना बिमाका लागि आफ्नो एकाघर परिवारका सदस्यहरू उल्लेख गरिएको स्वघोषणासहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात चाहिने प्रावधान छ । सामूहिक कोरोना बिमा खरिद गर्न चाहने संस्थाले पनि ३० दिनसम्म नेपालमा बसोबास गरेको प्रमाणित गरेको खण्डमा सरकारले ५० प्रतिशत प्रिमियम बेहोरिदिने बिमा समितिले स्पष्ट पारेको छ ।

सरकारको चालु आर्थिक बर्षको बजेट वक्तव्यमा आम नागरिकले गर्ने सामूहिक कोरोना बिमामा मात्र ५० प्रतिशत अनुदान उपलब्ध गराउने र सरकारी कर्मचारीको हकमा पूरै बेहोरिदिने उल्लेख छ । बिमालेख खरिद गरेको १५ दिनपछि र पिसिआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पाइएमा बिमालेखबमोजिमको रकम भुक्तानी प्राप्त गर्न सकिन्छ । यसका लागि बिमा कम्पनीले दाबीको निवेदन प्राप्त गरेको ७ दिनभित्र बिमितलाई दाबी भुक्तानी गर्नुपर्नेछ । दाबी भुक्तानी नहुँदै बिमितको मृत्यु भएमा बिमितले इच्छाएको व्यक्ति वा कानुनी हकवालालाई भुक्तानी गर्नुपर्नेछ । सरकारी कर्मचारीहरूको सामूहिक कोरोना बिमा गर्दा सरकारले शत प्रतिशत अनुदान उपलब्ध गराउनेछ ।

सर्वसाधारणले कोरोना बिमा गर्दा ५० प्रतिशत छुट पाउनेछन् भने बाँकी ५० प्रतिशत सरकारले अनुदान दिनेछ । अर्थमन्त्री डा। खतिवडाले चालू आर्थिक वर्षको बजेटमा कोरोना बिमालेखमा ५० प्रतिशत अनुदान सरकारले बेहोर्ने र सबै सरकारी कर्मचारीको निःशुल्क कोरोना बिमा गर्ने घोषणा गरेका थिए । सरकारले अनुदान दिने भएपछि एक लाख रुपैयाँको ३ सय रुपैयाँमा र ५० हजार रुपैयाँ बिमांकको बिमा १ सय ५० रुपैयाँमै गर्न सकिनेछ । सरकारले अस्थायी, करारसहित सबै राष्ट्र सेवक कर्मचारीको एक लाखको कोरोना बिमा सरकारले बेहोर्ने बजेटमा व्यवस्था गरेको थियो । यो व्यवस्थाका कारण स्थायी रूपमा कार्यरत करिब ६ लाख र अस्थायी तथा करारमा समेत गरी करिब ७ लाख कर्मचारीहरू प्रत्यक्ष लाभान्वित हुनेछन् ।

के हो कोरोना बिमालेख ?
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमलाई आर्थिक सुरक्षण प्रदान गर्न बिमा समितिबाट इजाजतपत्र प्राप्त नेपालका २० वटा निर्जीवन बिमा कम्पनीहरूमार्फत बिक्री भइरहेको बिमा पोलिसी हो । कोरोना बिमाको बिमांक रकम १ लाख र ५० हजार गरी दुई प्रकारको कायम गरिएको छ ।

१ लाख बिमांक कायम भएको बिमालेखका लागि प्रतिव्यक्ति १ हजार र ५० हजारको बिमांकका लागि प्रतिव्यक्ति ५ सय बिमाशुल्क कायम गरिएको छ । सगोलमा बसेको परिवारका सम्पूर्ण सदस्यहरूको सामूहिक बिमा गरिएको खण्डमा १ लाखको बिमांकका लागि प्रतिव्यक्ति ६०० रु ५० हजारको बिमांकका लागि प्रतिव्यक्ति ३ सय बिमाशुल्क तिर्नुपर्छ । यसमा सरकारले ५० प्रतिशत अनुदान दिनेछ ।

कसरी गर्ने कोरोना बिमा
बिमा गर्नका लागि सुरुमा परिवारको नागरिकताको फोटोकपीसहित वडा कार्यालयमा जानुपर्छ । वडा कार्यालयले सोही वडामा १ महिनादेखि आफ्नै घरमा वा डेरामा बस्दै आएको भनेर प्रमाणित गरेपछि सोको प्रतिलिपि र परिवारका सबैजनाको नागरिकताको प्रतिलिपि कुनै पनि निर्जीवन बिमा कम्पनीको इमेल वा भाइबर वा ह्वाटस एपमा पठाउनुपर्ने हुन्छ ।

बिमा कम्पनीले फारम पठाएको खण्डमा फारम भर्ने हो भने चिठीमा स्वघोषणा गरी परिवारको विवरण पठाउनुपर्छ । त्यसपछि बिमा कम्पनीले पोलिसी बनाएपछि इसेवाबाट वा इबैंकिङबाट शुल्क तिरेपछि कोरोना बिमा हुनेछ । कोरोना बिमाको म्याद २०७८ सालको असारसम्मलाई मात्र मान्य हुन्छ । राजधानी दैनिक