६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठक आह्वान



अ+ अ-

काठमाडौंँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलद्वारा बुझाइएको प्रतिवेदनबारे थप छलफलका लागि सचिवालयको बैठक बोलाएका छन्। सचिवालय बैठक भदौ १३ गते शनिबार बस्ने भएको छ । प्रतिवेदनमाथि छलफलका लागि यही भदौ १३ गते सचिवालयको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री निवासमा मङ्गलबार अध्यक्षद्वय ओली र प्रचण्डले महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गरे । कार्यदलले भदौ ६ गते अध्यक्षद्वय ओली र प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । अध्यक्षद्वय ओली र प्रचण्डले नेकपाभित्रको समस्या समाधानका लागि सुझाव दिन साउन ३० गते महासचिव पौडेलको नेतृत्वमा छ सदस्यीय कार्यदल गठन गरेका थिए। प्रतिवेदन उपर स्थायी कमिटी बैठकमा छलफल हुने नेता सुवास नेम्बाङले जानकारी दिए। कार्यदलमा भीम रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भुसाल सदस्य थिए ।

सहकार्य मूल मर्म
कार्यदलको प्रतिवेदनले पार्टीमा नयाँ र एकताको सकारात्मक सन्देश दिएको युवा नेताको भनाइ छ । पार्टीका केन्द्रीय सदस्य विष्णु रिजाल कार्यदलले बुझाएको प्रतिवेदनप्रति निकै आशावादी छन् ।
पार्टी विदेश विभागका उपप्रमुखसमेत रहेका नेता रिजालले सहमति र सहकार्यका आधारमा पार्टीलाई निकास दिनुपर्ने कुरामा जोड दिए ।

युवा नेता तथा राजनीतिक विश्लेषक हरि रोका यसले नेकपालाई निकास दिनेमा विश्वस्त छन् । उनले भने, “मैले प्रतिवेदन अध्ययन गर्न पाएको छैन तर प्रतिवेदनका बारेमा जुन कुरा बाहिर आएका छन्, त्यसलाई सकारात्मक रूपमा नै लिनुपर्छ ।” गोरखापत्र दैनिक