२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो

कांग्रेस महाधिवेशनः कोही गुट मिलाउँदै, कोही बार्गेनिङ गर्दै

कांग्रेस महाधिवेशनः कोही गुट मिलाउँदै, कोही बार्गेनिङ गर्दै
अ अ+ अ-

काठमाडौं । कांग्रेसमा तीन समूह सक्रिय छन्। तीनै समूहबाट गरी ११ नेता आगामी महाधिवेशनमा सभापति पदका आकांक्षी देखिएका छन्। एउटै समूहबाट धेरैले सभापति पद ताकेपछि नेता मिलाउन सकस देखिएको छ। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, तेस्रो समूहको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला सम्भावित उम्मेदवार हुन्। देउवा समूहका उपसभापति विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ, पौडेल समूहका महामन्त्री डा. शशांक कोइराला, नेता प्रकाशमान सिंह र डा. शेखर कोइरालाले आआफ्नो तयारी थालेका छन्। पौडेल समूहबाटै डा. रामशरण महत र अर्जुननरसिंह केसी सभापति पदका आकांक्षी छन्। सिटौला समूहबाट गगनकुमार थापाले सभापति पदमा उम्मेदवारी दिने बताएका छन्। पौडेल समूहमा नेता मिलाउन सिंह र केसी लागेका छन्। देउवा भने निधि नउठ्नेमा ढुक्क रहेको उनीनिकट स्रोत बताउँछ।

देउवा, पौडेल र सिटौलाबीच १३औं महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा भएको थियो। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा सिटौलाको समर्थनमा देउवा निर्वाचित भएका थिए। पार्टीको १४औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुने तय भएको छ। ४ वर्षमा हुनुपर्ने महाधिवेशन ‘असाधारण कारण सम्भव नभए एक वर्ष थप गर्न मिल्ने’ पार्टी विधानको सुविधा कांग्रेसले उपयोग गरिसकेको छ। तर, नेताहरूले कोभिड–१९ का कारण महाधिवेशन प्रभावित हुने निश्चितजस्तै रहेको बताउन थालेका छन्। यसअघि ४ महिना लकडाउनका कारण महाधिवेशन गतिविधि ठप्प भएको थियो। कोरोना संक्रमण तीव्र भएसँगै महाधिवेशन अनिश्चित बन्ने आशंका गर्न थालिएको छ। फागुनमा सम्भव नभए २०७८ भदौभित्र महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता छ। महाधिवेशन आउन ६ महिना बाँकी रहे पनि चहलपहल भने सुरु भइसकेको छ।

देउवाले नेता÷कार्यकर्तासँगको भेटघाटसँगै पार्टीभित्र प्रभाव बलियो बनाउन विभाग गठन र मनोनयन धमाधम गरिररहेका छन्। संस्थापनइतर समूहको चर्को विरोधका बीच पनि उनले विभागलाई पूर्णता दिने काम रोकेका छैनन्। थप विभाग गठनको तयारीसमेत गरिरहेको उनीनिकट स्रोतले जनाएको छ। देउवा अन्तिमपटक भन्दै कांग्रेसको नेतृत्वमा दोहोरिन चाहन्छन्। ‘उहाँले अहिलेसम्म म लड्दिनँ भन्नुभएको छैन। यसको अर्थ उहाँ फेरि सभापतिमा दोहोरिन चाहनुहुन्छ भन्ने प्रस्ट हुन्छ’, देउवानिकट केन्द्रीय सदस्य मीन विश्वकर्माले भने। नेता विश्वकर्माका अनुसार देउवा आफूलाई असफल बनाउन अर्को समूह सुरुदेखि लागेको निष्कर्षमा छन्। ‘मैले सुरुदेखि नै सबैलाई मिलाएर लैजान खोजेको हुँ। तर, उहाँहरू पार्टीमा मलाई कसरी असफल बनाउन सकिन्छ भन्नेमै बढी केन्द्रित हुनुभयो’, देउवाको भनाइ उद्धृत गर्दै नेता विश्वकर्माले भने, ‘अब म पार्टीलाई बलियो बनाउँछु र आसन्न आमनिर्वाचनमा पहिलो पार्टी बनाउँछु भन्ने सभापतिज्यूको दृढता छ।’

संस्थापन समूहकै नेता निधिले देउवासहित वरिष्ठ नेता पौडेल, महामन्त्री डा. कोइराला लगायतसँग भेटेर आफू सभापतिको तयारीमा रहेको जानकारी गराएका छन्। उनले पार्टीलाई एकढिक्का बनाउन महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रस्तावसमेत गरेका छन्। ‘महाधिवेशन केवल नेतृत्व परिवर्तन मात्र होइन, यसले पार्टीको स्पष्ट राजनीतिक एजेन्डा तय गर्न सक्नुपर्छ’, उनले भने, ‘कांग्रेसलाई आमनिर्वाचनमा जिताउने वातावरण र हैसियत बनाउन महाधिवेशन गर्ने हो। मेरो प्राथमिकता यही हो।’ देउवाले आफू नेतृत्वमा दोहोरिने बताइरहेका बेला निधिको तयारीलाई चासोका साथ हेरिएको छ। निधिले भने देउवाकै समर्थनमा आफूले सभापति पदमा उम्मेदवारी दिने तयारी गरेको दाबी गरेका छन्। वरिष्ठ नेता पौडेल नेतृत्वका लागि बलिया दाबेदार हुन्। तर, आफूले नेतृत्व गरेको समूहकै थुप्रै नेता सभापति पदका आकांक्षी देखिएपछि उनी अप्ठेरोमा परेका छन्। उनले आफ्नो नेतृत्वमा सबै नेताको व्यवस्थापन गर्न सकिने बताउँदै आएका छन्। आसन्न महाधिवेशनबाट ‘जसरी पनि देउवालाई रोक्ने’ पौडेल पक्षको तयारी छ। देउवा र पौडेलबीच नै फेरि प्रतिस्पर्धा हुने आकलन गर्न थालिएको छ।

महामन्त्री डा। कोइरालाले पनि सभापति पदका लागि सक्रियता व्यापक बनाएका छन्। कोइरालाले सभापति देउवालाई आफूले मात्रै पराजित गर्न सक्ने दाबी गर्दै आएका छन्। कांग्रेसभित्र रहेको गुटको राजनीति अन्त्य गर्न पनि आफू सभापति बन्न खोजेको दाबी उनले गरे। ‘गुट त महाधिवेशनमा पो हुने हो। महाधिवेशन सकिएपछि केको गुट ? ’ उनले भने, ‘गुटका कारण पनि कांग्रेस कमजोर भएको हो। म सभापति निर्वाचित भइसकेपछि पार्टीमा गुटहरू हुँदैनन्।’ सभापति पदका अर्का आकांक्षी पूर्वउपसभापति सिंह हुन्। संसदीय दलको उपनेता भइसकेका सिंहले दलका नेतामा देउवासँग प्रतिस्पर्धा गरेका थिए। आफू सभापति पदका लागि स्वाभाविक दाबेदार भएको उनको दाबी छ। ‘प्रतिबन्धित कालदेखि विद्यार्थी राजनीति हुँदै काठमाडौं जिल्ला सभापति, पार्टी केन्द्रीय सदस्य, उपसभापति, महामन्त्री भइसकें’, उनले भने, ‘सरकारमा पनि उपप्रधानमन्त्री भएर काम गरिसकेको छु। मैले एकैपटक सभापति ताकेको होइन।’ उनी १२औं महाधिवेशनअघि देउवा समूहमा थिए।

सिटौला १३औं महाधिवेशनमा तेस्रो धार खडा गरेर प्रतिस्पर्धामा उत्रिएका थिए। पार्टीभित्र सम्मानजनक उपस्थिति बनाउन सफल तेस्रो धार महाधिवेशनसम्मै कायम रहने नेता सिटौलाको भनाइ छ। उनले सभापतिका लागि उम्मेदवारी घोषणा नगरे पनि महाराजगन्ज चन्डोलमा सम्पर्क कार्यालय खोलेका छन्। कतिपयले तेस्रो धारलाई बार्गेनिङ समूहका रूपमा पनि टिप्पणी गर्ने गर्छन्। डा. शेखर कोइरालाले १३औं महाधिवेशनमा केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याएका थिए। उनी त्यही बेला महामन्त्री पदका दाबेदार थिए। केन्द्रीय सदस्य निर्वाचित भएलगत्तै देश दौडाहामा निस्किएका कोइराला काठमाडौंमा विरलै भेटिन्छन्। त्यो दौडधुपले नै उनी सभापतिका उम्मेदवारका रूपमा देखिएका थिए। उनी सभापतिको सबैभन्दा बढी आलोचना गर्ने नेताका रूपमा चिनिन्छन्। उमेर र सक्रियताका हिसाबले पनि अर्कोपटक कुर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ। ‘उहाँ कुनै पनि हालतमा ब्याक हुनुहुन्न। सकेसम्म संस्थापन इतर समूहबाटै साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा जानहुन्छ। त्यसो नभए उहाँ आफ्नो टिम बनाएर पनि सभापति लड्नुहुन्छ’, कोइरालानिकट एक जिल्ला सभापतिले भने, ‘उहाँको उम्मेदवारीले कांग्रेसमा तरंग ल्याएको छ। उहाँकै नेतृत्वमा टिम बनाउने गरी पनि छलफल भइरहेको छ।’

अर्का नेता महतले पौडेलपछि संगठनमा आफू वरिष्ठ भएकाले सभापतिमा दाबेदारी स्वाभाविक भएको आफूनिकट नेतालाई बताउने गरेका छन्। त्यस्तै केसीले पनि सभापति पदको उम्मेदवार भएको बताइसकेका छन्। उनी १३औं महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीका उम्मेदवार थिए। पूर्वउपसभापति श्रेष्ठले भने देउवा नउठे मात्र आफ्नो दाबी हुने बताएका छन्। देउवा समूहमा आफू वरिष्ठ नेता भएको दाबी उनको छ। पुस्तान्तरणको मुद्दा उठाउँदै आएका नेता थापाले युवाहरू मिलेर महाधिवेशनमा जानुपर्ने प्रस्ताव गरेका छन्। ‘कि तपाईंहरूमध्ये कोही सभापतिमा उठ्नुस् म सहयोग गर्छु, होइन भने म उठ्छु तपाईंहरू मलाई सहयोग गर्नूस्’, युवा नेता सहभागी कार्यक्रममा उनले भने, ‘होइन भने कोठे बैठकमा गरिएका छलफलको कुनै अर्थ छैन।’

अघिल्लो महाधिवेशनमा आफूलाई महामन्त्रीमा सहयोग गर्ने वचन दिए पनि मत माग्दा एक्लै हुनु परेको गुनासो उनको थियो। कांग्रेसभित्र भने उनलाई महामन्त्रीको उम्मेदवारका रूपमा हेरिएको छ। अन्नपुर्णपोष्ट दैनिक