३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

एमाले सचिवालय बैठक: ८ बुँदे निर्णय, बिभिन्न पदमा मनोनयन

एमाले सचिवालय बैठक: ८ बुँदे निर्णय, बिभिन्न पदमा मनोनयन
फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा एमालेको आइतबार सम्पन्न सचिवालय बैठकले ८ बुँदे निर्णय गरेको छ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको बैठकले ८ बुँदे निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले जनसङ्गठन समन्वय संयन्त्रले प्रस्ताव गरे बमोजिम जनसङ्गठनको केन्द्रीय कमिटीको अधिकतम सङ्ख्या क्रमशः १ सय ५० र २ सयमा सीमित गर्ने निर्णय गरेको छ ।

जनसङ्गठनको हालको अधिकतम १७ पदाधिकारीहरूको सङ्ख्या घटाई ९ मा सीमित गर्ने निर्णय बैठकले गरेको छ । अध्यक्ष र महासचिवका अतिरिक्त उपाध्यक्ष महिला सहित २ उपमहासचिव १, र संगठन प्रचार, विदेश र कोषको जिम्मेवारी तोकेर सचिव (कोषाध्यक्ष भएमा सो सहित) को सङ्ख्या ४ मा सीमित गर्ने निर्णय बैठकले गरेको छ ।

संयन्त्रमा संरचनागत रूपमा सचिव राख्न उपयुक्त नहुने तर प्रमुखले आवश्यकताका आधारमा सचिवको जिम्मेवारी तोक्न सक्ने निर्णय बैठकले गरेको छ । केन्द्रमा सचिवालय र केन्द्रीय कमिटीका बिचमा अन्य कुनै तह नराख्ने निर्णय बैठकले गरेको छ ।

स्थानीय तहका प्रमुख र अध्यक्ष तथा उपप्रमुख र उपाध्यक्षहरूको कार्यशाला आगामी चैत महिनाभित्र सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डे (लमजुङ) र स्थानीय विकास विभाग सचिवमा नवराज गेलाल (भक्तपुर)लाई मनोनयन गरिएको छ ।

अप्रिल २२ अर्थात् बैशाख ९, २०८२ मा पार्टीको ७६ औँ स्थापना दिवस भव्य रूपमा मनाउने निर्णय बैठकले गरेको छ ।

बैठकले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यमा मनोनयनका लागि आएका नामहरू अनुमोदन गरिएको छ पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

प्रेस विज्ञप्ति

नेकपा (एमाले) केन्द्रीय सचिवालयको ४५औं बैठक पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्यो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमरेडले सचिवालयको ४४औं बैठकयता विकसित भएका समसामयिक राजनीतिक विषय तथा सरकारका कामका बारेमा जानकारी गराउनुभयो ।

बैठकले देहायबमोजिमको निर्णय गरेको छः 

१.     जनसङ्गठन समन्वय सम्बन्धी निर्देशिकामा संशोधनका सम्बन्धमा

        जनसङ्गठन समन्वय संयन्त्रले प्रस्ताव गरे बमोजिम जनसङ्गठनको केन्द्रीय कमिटीको अधिकतम सङ्ख्या क्रमशः १५० र ९९ मा सीमित गर्ने, जनसङ्गठनको हालको अधिकतम् १७ पदाधिकारीहरूको सङ्ख्या घटाई ९ मा सीमित गर्ने । अध्यक्ष र महासचिवका अतिरिक्त उपाध्यक्ष महिला सहित

२, उपमहासचिव १ र संगठन– प्रचार– विदेश र कोषको जिम्मेवारी तोकेरै सचिव 

(कोषध्यक्ष भएमा सो सहित)को सङ्ख्या ४ मा सीमित गर्ने,

–  संयन्त्रमा संरचनागत रुपमा सचिव राख्न उपयुक्त नहुने तर प्रमुखले आवश्यकताका आधारमा सचिवको जिम्मेवारी तोक्न सक्ने ।
-केन्द्रमा सचिवालय र केन्द्रीय कमिटीका बीचमा अन्य कुनै तह नराख्ने ।

२.     स्थानीय तहका प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्षहरूको कार्यशाला आगामी चैतमहिनाभित्र सम्पन्न गर्ने । 

३.     विभागमा सचिवहरूको पदपूर्ति सम्बन्धमा
केन्द्रीय प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डे (लमजुङ) र स्थानीय विकास विभाग सचिवमा नवराज गेलाल (भक्तपुर)लाई मनोनयन गरिएको छ ।

४.     पार्टीको स्थापना दिवस

अप्रिल २२ (बैशाख ९, २०८२) पार्टीको ७६औं स्थापना दिवस भव्य रूपमा मनाउने । 

५.     मनोनयन 

सुदूरपश्चिम प्रदेश कमिटी सदस्यमा मनोनयनका लागि आएका नामहरू अनुमोदन गरिएको छ । सो अनुसार, जयन्त स्वार (अछाम) रामबहादुर बुढा (अछाम), नन्दसिंह कठायत (अछाम) र अमर विक (अछाम) प्रदेश कमिटी सदस्य मनोनयन हुनुभएको छ ।  

८. शोक प्रस्ताव 

    क) नेकपा (एमाले) केन्द्रीय उपाध्यक्ष कमरेड युवराज ज्ञवाली, केन्द्रीय सदस्य कमरेड लक्ष्मण ज्ञवाली एवं पूर्व सांसद रामकुमार ज्ञवालीका दाजु एवं पार्टीका प्रतिबद्ध योद्धा कमरेड फणिन्द्र ज्ञवालीको यही फागुन १० गते ७६ वर्षको उमेरमा भएको निधनबाट पार्टी दुखित भएको छ । २००५ सालमा रुरुक्षेत्र–१, भड्कुवा गुल्मीमा जन्मिनुभएका कमरेड फणिन्द्र ज्ञवाली २०२६ सालदेखि कम्युनिष्ट आन्दोलनमा आबद्ध हुनुभएको थियो । उहाँ पार्टीका असल आश्रयदाता, तीन पटकसम्म वडा अध्यक्षमा निर्वाचित लोकप्रिय जनप्रतिनिधि र निष्ठावान कार्यकर्ता हुनुहुन्थ्यो । दुःखको यस घडीमा केन्द्रीय सचिवालय कमरेड फणिन्द्र ज्ञवालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र उपाध्यक्ष कमरेड युवराज ज्ञवाली सहित उहाँका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । 

  ख) नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कमरेड केशव बडालकी जीवनसँगिनी कमरेड शान्ति बडालको हालै भएको असामयिक निधनबाट पार्टी दुखित भएको छ । कमरेड केशव बडालको राजनीतिक यात्रा अगाडि बढाउनका लागि स्व. शान्ति बडालको अत्यन्त महत्वपूर्ण भूमिका रहेको थियो । उहाँले पार्टीलाई हरेक चुनौतीपूर्ण अवस्थामा निरन्तर साथसहयोग पु¥याउँदै आउनु भएको थियो । दुःखको यस घडीमा केन्द्रीय सचिवालय कमरेड शान्ति बडालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र पत्नी वियोगमा पर्नुभएका कमरेड केशव बडाल सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।   

राजेन्द्र गौतम
प्रमुख
प्रचार तथा प्रकाशन विभाग