२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संशोधनका नाममा संविधान उल्टाउने खेल भइरहेको अध्यक्ष प्रचण्डको आरोप



अ+ अ-

सिरहा। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट प्राप्त संविधान संशोधनका नाममा उल्टाउने खेल भइरहेको आरोप लगाएका छन्।

जनतासँग माओवादी तराई–मधेस जनजागरण अभियानअन्तर्गत आज सिरहा सदरमुकाममा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले दशवर्षे जनयुद्धको जग र जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउने प्रयास सफल हुन नदिइने बताए।

‘अहिले सरकारमा रहेका दलहरु नै संविधान संशोधनको कुरा गरेर नेपाली जनताको अधिकार सङ्कुचित गर्ने, दुई दलीय व्यवस्था कायम गर्नेतर्फ लागेका छन्। जनताको बलिदानबाट प्राप्त यो संविधान उल्टाउने खेल हामी सफल हुन दिन्नौँ,’ अध्यक्ष दाहालले भने।

उनले विगतका कमजोरी सच्याएर मधेसी जनतासँग पुनः गहिरो सम्बन्ध कायम गर्न आफूहरूले हुलाकी अभियान सुरु गरेको बताए। मधेसी जनताको पक्षमा र मधेसी जनताको आत्मसम्मानका लागि आफ्नो पार्टी सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले माओवादीले जनयुद्धकै क्रममा मधेसी जनताको अधिकार स्थापित गर्न मधेस सरकार गठन र पार्टीभित्र मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरिएको स्मरण गरे।

पूर्वप्रधानमन्त्री दाहालले जीर्ण अवस्थामा रहेको हुलाकी राजमार्ग पुनःनिर्माणबारे चर्चा गर्दै आफू पहिलो पटक प्रधानमन्त्री बन्दा भारतसँग कुरा गरेर हुलाकीमार्ग निर्माणको प्रक्रिया अगाडि बढाएको जिकिर गरे। यस्तै, चोहर्वा–सिरहा, सिरहा–कल्याणपुर–मिर्चैया सडक निर्माण, माडर भन्सारको स्तरोन्नतिका लागि निरन्तर प्रयास गर्ने उनको प्रतिबद्धता थियो। रासस