२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओभल अफिसमा ट्रम्प र जिलेन्स्की बिच भनाभन



अ+ अ-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जिलेन्स्की बिच ह्वाइटहाउसको ओभल अफिसमा भनाभन र चर्काचर्की परेको छ ।

युक्रेन मामिलालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जिलेन्स्कीबीच घोचपेच चलिरहेका बखत राष्ट्रपति जिलेन्स्की शुक्रबार वासिङ्टन डिसी पुग्नु भएको थियो ।

तर अमेरिकी राष्ट्रपतिको कार्यालयमा एकाएक वातावरण तनावमा परिणत भएको थियो । अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति जेडी भान्सले युद्धविराम गर्न र अमेरिकी सहयोगप्रति अनुगृहीत हुन सुझाएपछि परिस्थिति बिग्रिएको थियो ।

अमेरिकी सहयोग बेगर युक्रेन टिक्न सक्दैन भन्दै ट्रम्प र भान्सले भनिरहेका थिए, तर यतिमात्र सत्य होइन भन्दै जिलेन्स्की आक्रोशित बनेका थिए ।

यो संवाद लगत्तै ट्रम्प र जिलेन्स्कीको संयुक्त पत्रकार सम्मेलन रद्द भएको छ भने दुबै देशबिच हुने भनिएको खनिज उत्खनन सम्बन्धी संझौतामा हस्ताक्षर भएन ।

त्यस लगत्तै जिलेन्स्की ह्वाइटहाउसबाट बाहिरिएका थिए ।

युक्रेन मामिलालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जिलेन्स्कीबीच घोचपेच चलिरहेका बखत राष्ट्रपति जिलेन्स्की शुक्रबार वासिङ्टन डिसी पुग्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

ट्रम्पसँग वार्ता गर्न युक्रेनी राष्ट्रपति जिलेन्स्की वासिङ्टन डिसीमा