२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल विविधतामा एकता भएको देश- मुख्यमन्त्री कँडेल



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपाल विविधतामा एकता भएको देश भएको  बताए ।

आज सुर्खेतमा नेपाल मगर सङ्घको ४३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न धर्म, भाषा, जात र संस्कृति भएको देशमा विविधता हुँदाहुँदै मिलेर बसेको समाज भएकाले यसलाई आगामी दिनमा जोगाइराख्नु आजको आवश्यकता रहेको बताए ।

विविधता भए तापनि सामाजिक सन्दर्भमा कुनै वैमनश्य नभएको देश नेपाल रहेको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले सामाजिक एकताका निम्ति सबै प्रकारका स्वार्थबाट माथि उठेर देशलाई उच्च स्थानमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।

बहुजातीय, बहुभाषिक, बहुसंस्कृति भएको हाम्रो देश नेपाललाई समृद्धितिर लैजानु हामी सबैको कर्तव्य भएको उनको भनाइ थियो । रासस