३ भाद्र २०८३, बुधबार
,
Latest
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाइब्रेकरमा आर्सनलले जित्यो कम्युनिटी सिल्ड



अ+ अ-

लन्डन । एफए कप विजेता आर्सनलले शनिबार लिभरपुललाई टाइब्रेकरमा ५–४ ले हराएर कम्युनिटी सिल्ड जितेको छ । आर्सनल कप्तान पिएरे एमरिक अबामेयाङले पेनाल्टीमा निर्णायक गोल गरे ।लिभरपुलका तर्फबाट रियान ब्रेवास्टर गोल गर्न चुके । आर्सनलका तर्फबाट रेस नेल्सन, एन्सली मेटल्यान्ड, सेडरिक सोरेस र डेविड लुइजले पनि पेनाल्टीमा गोल गरे । यस्तै लिभरपलका लागि मोहम्मद सलाह, फाबिनो, ताकुमी मिनामिनो र कर्टिस जोन्सले गोल गरे ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रहेको थियो । आर्सनलले अबामेयाङको गोलले अग्रता लिएको थियो । उनले १२ औं मिनेटमा गरेको गोल उत्कृष्ट रह्यो । लिभरपुलका लागि जापानी खेलाडी मिनामिनोले ७३ औं मिनेटमा बराबरी गोल गरे । यो लिरभपुलका लागि उनको पहिलो गोल हो । सब्टिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गरेर उनले गोल गरेका हुन् ।

कम्युनिटी सिल्ड प्रिमियर लिग च्याम्पियन र एफएकप विजेताबीच हुने गर्छ । यो खेलसँगै परम्परागत रूपमा इंग्लिस फुटबलको नयाँ सिजन सुरु हुन्छ ।