४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला च्याम्पियनसिपः लेबनानको सान्त्वना जित, किर्गिस्तान जितबिहिन



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा लेबनानले सान्त्वना जित निकालेको छ ।

दशरथ रंगशालामा केहीबेरअघि सम्पन्न आफ्नो अन्तिम खेलमा लेबनानले किर्गिस्तानलाई २–० गोलले हराएको हो । लेबनानका लागि क्रिस्टी मालोफ र म्या रोजले गोल गरे ।

प्रतियोगितामा लेबनानको पहिलो जित हो । यसअघि भएका दुवै खेलमा लेबनान पराजित भएको थियो । अर्कोतर्फ किर्गिस्तान भने जितबिहिन रहँदै घर फर्किएको छ ।

अंकतालिकामा लेबनान तेस्रो र किर्गिस्तान पुछारमा रहे । आजको दोस्रो खेलमा नेपालले म्यानमारको सामना गर्दैछ । उक्त खेल साँझ ६ बजे सुरु हुनेछ ।