२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा

जिरीमा ‘उहिलेको नेपाल’ फोटोको प्रदर्शनी

जिरीमा ‘उहिलेको नेपाल’ फोटोको प्रदर्शनी
अ अ+ अ-

दोलखा: स्वीस भूगर्भशास्त्री टोनी हागेनले सात दशकअघि देखि खिचेका नेपाल चिनाउने तस्बिरहरूको पाँच दिने प्रदर्शनी शनिबारबाट दोलखाको जीरी नगपरालिकामा सुरू भएको छ ।

टोनी हागेन फाउन्डेसन र जिरी नगरपालिकाको आयोजनामा भएको तस्बिर प्रदर्शनीको हागेनकी छोरी डा. क्याट्रिन हागेनले उद्घाटन गरिन् । प्रदर्शनीमा राखिएका तस्बिरहरू अवलोकनपछि जीरी नगरपालिकाले स्वर्गिय हागेनलाई सम्झिएकोमा खुशी व्यक्त गरिन् । आफ्ना पिताले भ्रमण गरेको समय र अहिले जिरीमा धेरै परिवर्तन आफूले महशुस गरेको बताइन् ।

‘पहिले र अहिलेको जिरीमा धेरै परिवर्तन भएको छ, केही सकाकरात्मक र केही नकारात्मक’, उनले भनिन्, ‘यहाँ धेरै विकास भएको छ । कृषिमा मानिसहरूको सहभागिता घटेको छ । भारत र चीनका कृषि उपजको उपभोग बढेको छ । यो त्यति राम्रो कुरा होइन ।’

जिरी नगरपालिकाका मेयर मित्र जिरेलले जिरीको विकासमा स्वीजरल्याण्डका जनता र सरकारको ठूलो सहयोग रहेको स्मरण गर्दै स्वीजरल्याण्ड र जिरीबीच घनिष्ट सम्बन्ध रहेको बताए ।

स्थानीय बुद्धिजिवी तथा जिरी माध्यमिक विद्यालयका पूर्व प्रधानअध्यापक टेक जिरेलले टोनी हागेनले जिरीलाई विश्वसामू चिनाउन र जिरीको विकासमा स्वीस सहयोग ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । पछिल्लो समय जिरी आन्तरिक पर्यटनको लोकप्रीय गन्तव्य बनिरहेको छ ।

फोटो प्रदर्शनी फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।

हाडजोर्नी विशेषज्ञ समेत रहेकी डा.क्याट्रिन ह्यागेन फागुन १३ र १४ गते जीरी अस्पतालमा निशुल्क स्वास्थ्य शिविरमा सहभागी रहनेछिन् ।

‘नेपालको स्वीजरल्याण्ड’ भनेर चिनिने जिरीको विकासमा २०१३ साल देखि नै स्वीजरल्याण्डले सहयोग गरेको थियो । जिरीमा चीज फ्याक्ट्री, गाई अनुवांशिक प्रजनन केन्द्र, अस्पताल स्थापना तथा व्यवसायिक कृषि विकासका लागि स्वीजरल्याण्डको सहयोग रहेको थियो । पछि जिरी प्राविधिक शिक्षालयको स्थापना र सञ्चालन, जिरीमा एयरपोर्ट निर्माण र लामोसाँघु-जिरी सडक निर्माणमा स्वीजरल्याण्डले सहयोग गरेको थियो ।

टोनी हागेन २००४ सालमा मोहनशम्शेरको निमन्त्रणमा नेपालको विकासमा सहयोग गर्न पहिलोपटक नेपाल आएका थिए । पछि संयुक्त राष्ट्र संघका प्रतिनिधिका रूपमा र नेपाल सरकारका कर्मचारीका रूपमा उनले लामो समय नेपालका विभिन्न स्थानको भ्रमणमा बिताएका थिए । उनले खिचेका पुराना तस्बिरहरूको वृत्तचित्र ‘उहिलेको नेपाल’ युट्युबमा उपलब्ध छ । यस्तै, उनले लेखेका ‘नेपाल’, ‘विकेन्द्रीकरण र विकास’, ‘नेपालमा मेरो खोजयात्रा’ लगायतका पुस्तक प्रकाशित छन् ।