६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव News Polar सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो News Polar त्रिपुरेश्वर बस चालक आत्मदाह प्रकरणले संसद तरंगितः ट्राफिक ज्यादती र युवा निराशामाथि सांसदहरूको आक्रोश

नोरदेन रुम्बाका गीत सुनाउँदै चन्दन-डेजी-विमोचना

नोरदेन रुम्बाका गीत सुनाउँदै चन्दन-डेजी-विमोचना
अ+ अ-

काठमाडौँ: हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको आरसालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेंटीमा यस पटक दार्जिलिङको सुविख्यात साङ्गीतिक परिवार प्रस्तुत हुने भएको छ ।

यस महिनाको कार्यक्रमका निम्ति सङ्गीतकार चन्दन लोमजेलले दार्जिलिङका सुप्रसिद्ध गीतकार नोरदेन रुम्बाका गीतमा धुन भरेर ल्याएका छन् ।

जसलाई लोकप्रिय स्वर-सिल्पी डेजी बराइली र विमोचना लोमजेलले गाउने छन् । यो कार्यक्रम एउटै परिवारको पुरानो र नयाँ पुस्ताको साङ्गीतिक सङ्गम पनि हुनेछ ।

पलेँटी कार्यक्रम आजभन्दा २० वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो ।

नोरदेन रुम्बा दार्जिलिङको नेपाली साहित्यिक जगतमा स्थापित नाम हो । रुम्बाले दार्जिलिङ बसेर गरेका सृजनाले नेपाली साहित्यिक क्षेत्रको धुरी अग्लिएको छ । सन् १९४९ मा दार्जिलिङमै जन्मिएका गीतकार रुम्बा ४० वर्षको उमेरसम्म मात्र भौतिक रुपमा यस संसारमा रहे तर उनले छाडेर गएका साहित्यिक रचना र गीतहरूले अझै पनि नेपाली कला जगतलाई गुन लगाइरहेका छन् ।

सङ्गीतकार चन्दन लोमजेलकै धुनमा मूर्धन्य नेपाली गायक नारायणगोपालले स्वर दिएको ‘मेरा सबै रात अब, मातहरू भए’ गीत नोर्देन रुम्बाकै सृजना हो । त्यस्तै सङ्गीतकार कर्म योञ्जनको धुनमा अरुणा लामाले गाएको ‘फूललाई सोधेँ, कहाँ गयौ कता गयौ भमरा’ सङ्गीतकार बद्री-दुर्गा खरेलको धुनमा रहेका ‘गाइने दाइलाई सुनकेशरीको केश सोध्नै भुलेँ’ र दावा ग्याल्मोले स्वर दिएको ‘शुभकामना खाली खाली दिनेलाई दानी भनेर जाँदैछु’ नोर्देन रुम्बाकै शब्द हुन् ।

सङ्गीतकार चन्दन लोमजेलकै धुनमा डेजी बराइलीले स्वर दिएका – ‘कति बग्यो कति बग्यो, पुलमुनि पानी रेसम’ साथै नेपालको लोकरक व्याण्ड नेपथ्यले गाएको ‘कसैले सोधे कुन हो तिम्रो गाऊँ’ पनि नोरदेन रुम्बाकै सृजना हुन् ।

यो महिनाको पलेँटीमा भने उनले लेखेका तर आजसम्म कतै रेकर्डमा नआएका गीतहरू प्रस्तुत हुनेछन् । यसपालीको पलेँटी बारे कार्यक्रम संयोजक आभास भन्छन् – ‘नोर्देनले आफ्नो जीवनको उत्तरकालमा रचेका रचनाहरू सङ्गीतकार चन्दन लोमजेलसँग थन्किएका छन् भन्ने जानकारी हामीलाई भयो। त्यसपछि हामीले चन्दनजीलाई अनुरोध गरेर ती रचनालाई नेपाली सङ्गीतप्रेमी माझ ल्याउने जमर्को गरेका हौं ।’

पहिलो पल्ट सन् २००६ मा पलेँटी कसेका चन्दन भन्छन् – ‘पलेँटीले पुराना सर्जकहरूका रचनालाई सरक्षण गर्ने जुन उद्देश्य राखेको छ त्यसबाट प्रभावित भएर नै यसपाली पनि पलेँटीमा आएका छौं । गीतकार दाजु नोरदेन रुम्बाका रचना पलेँटीमा सरक्षण गर्ने उदेश्य सुन्ने बित्तिकै हौसिएको म यहाँ आएर वाद्यवादकहरूसँग अभ्यास गरिरहँदा झन् हौसिएको छु ।’ आफ्नो खुसी व्यक्त गर्दा चन्दनको कालो टोपीमा उनिएको खुकुरीको निसान टलक्क टल्किरहेको देखिन्थ्यो ।

चन्दन झैँ सन् २००६ मै पहिलोखेप पलेँटीमा आएकी डेजी बराइली भन्छिन् – ‘पहिलोपाली पलेँटीमा आउँदा त यो कार्यक्रमका बारेमा अनभिज्ञ थिएँ । त्यसपछि आइरहन मन लाग्थ्यो र बेलाबखत आइ पनि रह्यौ । कोविड महामरीपछि भने आउने चाहना र योजना हुँदा हुँदै पनि आउन पाइएन । अहिले यहाँ आइपुग्दा त सपनै जस्तो लागेको छ ।’ उनी थप्छिन् – ‘त्यतिबेला विमोचना सानै थिइन: अहिले हेर्नु त ! सँगसँगै गाउने गरी आएकी छिन् ।’

आफ्नो जिन्दगीको सबैभन्दा पहिलो स्टेजको सम्झना गर्दै विमोचना लोमजेल भन्छिन् – ‘त्यो बेला संजोगले मैले पलेँटीको स्टेजमा गाउने मौका पाएकी थिएँ । सायद त्यही दिनले गर्दा होला म पनि गायन क्षेत्रमै रमाइ रहेकी छु । आज आफ्नो उही पहिलो स्टेजमा आइपुग्दा साह्रै खुशी लागेको छ । हामी परिवार नै एकसाथ यति लामो कन्सर्टमा उत्रन लागेको यो नै पहिलो मौका हो ।’ उनी थप्छिन् – ‘बाबा आमासँग एउटै मञ्चमा उत्रन पाउनु एउटा खुशी, फेरि यस्ता गहकिला शब्द गाउन पाउनु अर्को खुशी ।’

पलेँटी कार्यक्रम यही फेब्रुअरी महिनाको अन्तिम शुक्रबार: २८ तारिख र मार्च १ तारिख: शनिवारका दिन आयोजना हुनेछ ।