३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल

हाम्रो पात्रोको मेगा रिलिज: अहिलेसम्मकै सबैभन्दा ठूलो अपडेट सार्वजनिक

हाम्रो पात्रोको मेगा रिलिज: अहिलेसम्मकै सबैभन्दा ठूलो अपडेट सार्वजनिक
अ+ अ-

काठमाडौं: लोकप्रिय एप “हाम्रो पात्रो”ले आफ्नो प्रयोगकर्ताहरूका लागि नयाँ UI र सुविधाहरू सहितको मेगा रिलिज लिएर आएको छ।  यस नयाँ संस्करणले प्रयोगकर्ताहरूलाई अझ सहज, व्यक्तिगत र समृद्ध अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ। त्यसबाहेक यस संस्करणले प्रयोगकर्ताहरूलाई आफ्नो दैनिक जीवनलाई व्यवस्थित गर्न, चाडपर्व ट्र्याक गर्न र अन्तरक्रियात्मक सामग्रीहरूमा संलग्न हुन सजिलो बनाउँछ।

हाम्रो पात्रोका डायरेक्टर सुदिना गौतम भन्नुहुन्छ, “समय अनुसार प्रयोगकर्ताहरूलाई नयाँ अपडेट प्रदान गर्ने कुरा हामीले सधैँ ध्यानमा राखीरहेका हुन्छौं । यो हाम्रो पात्रोको अहिलेसम्मको सबैभन्दा ठूलो रिलिज हो भनेर भन्न सकिन्छ । हाम्रो पात्रोको यो नयाँ स्वरूप र हामीले थपेका नयाँ सुविधाहरू प्रयोगकर्ताहरू माझ पस्कन पाउँदा एकदमै उत्साहित छौं । प्रयोगकर्ताहरूले यस संस्करणलाई पनि उत्तिनै माया दिनुहुनेछ भनेर विश्वस्त छौं । ”

यस अपडेटपछि प्रयोगकर्ताहरूले हाम्रो पात्रोको क्यालेन्डरमा आफ्नो गूगल क्यालेन्डर Sync गर्न सक्नुहुनेछ, जसले सबै महत्वपूर्ण मिति र इभेन्टहरूलाई एकै स्थानमा व्यवस्थापन गर्न सजिलो बनाउँछ। साथै, Customize Hamro Services फिचर प्रयोग गरेर प्रयोगकर्ताहरूले आफूले प्रयोग गर्ने सेवाहरूलाई मात्र प्राथमिकता दिँदै आफ्नो आवश्यकता अनुसार एपलाई व्यक्तिगत बनाउन सक्नुहुनेछ। त्यसबाहेक, प्रयोगकर्ताहरूले आफ्नो सहजता अनुसार एपको फन्ट (Font) साइज पनि बदल्न सक्नुहुनेछ।

त्यसैगरी, धेरै देशका समय क्षेत्रहरू (Multiple Country Time Zones) हेर्न र व्यवस्थापन गर्न सकिने सुविधाले विशेष गरी विदेशमा रहेका नेपालीहरूलाई लाभान्वित गर्नेछ। लामो समय देखि प्रयोगकर्ताहरूले माग गरिरहेको iOS मा नोट्स राख्न र कमेन्ट गर्न सकिने सुविधा पनि यसपटकको अपडेटमा थपिएको छ ।

नयाँ थपिएको सदस्यता (Membership) सुविधाले प्रयोगकर्ताहरूलाई एड फ्री सब्स्क्रिपसन, गुगल क्यालेन्डर Sync, हाम्रो सेवाहरूमा विशेष छुट लगायतका विभिन्न लाभहरू सुपथ मूल्यमा खरिद गर्न सक्ने विकल्पपनि प्रदान गरेको छ ।

नयाँ इभेन्टहरू खोज्ने (Event Search), प्रश्नोत्तर र मतदान (Quizzes & Polls) मा सहभागी हुने र एनिमेटेड दैनिक डूडलहरू (Animated Daily Doodles) जस्ता सुविधाहरूले प्रयोगकर्ताहरूको अनुभवलाई थप रमाइलो बनाउनेछन्।

त्यसबाहेक, अब हाम्रो पात्रो एपबाटै इभेन्टहरूको टिकट खरिद गर्न सकिने नयाँ सुविधा उपलब्ध भएको छ। हाम्रो पात्रोको आफ्नै वालेट “हाम्रो पे” का साथै मोबाइल बैंकिङ र Connect IPS को प्रयोग गरेर पनि टिकट खरिद गर्न सकिनेछ। यो सुविधाले प्रयोगकर्ताहरूलाई कुनै एक भुक्तानी प्लेटफर्ममा मात्र निर्भर नरहन मद्दत गर्ने तथा भुक्तानी प्रक्रियालाई अझ सजिलो बनाउने उद्देश्य राखेको छ।