२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशबाट आयात हुने कृषि उपजमा कर लगाउनुपर्छ : प्रकाशशरण महत



काठमाडौँ , १० मङ्सिर : अर्थमन्त्री डा प्रकाशशरण महत आइतबार काठमाडौँमा राष्ट्रिय महिला आयोगले आयोजना गरेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ समारोहमा मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिर : हरिराम भेटुवाल/रासस
अ+ अ-

नुवाकोट। नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशबाट आयात हुने कृषिजन्य उपजमा कर लगाउनुपर्ने बताएका छन्।

नेपाल किसान महासंघ नुवाकोटको आज (मंगलबार) विदुरमा आयोजित जिल्ला अधिवेशनमा प्रवक्ता महतले नेपालका किसानले उत्पादन गरेको कृषि उत्पादनलाई बजारमा सहज रूपमा पुर्‍याएर लागत अनुसारको आम्दानी लिन विदेशबाट भित्रने कृषि सामग्रीमा कर लगाउनुपर्ने बताएका हुन्।

‘विदेशबाट भित्रने कृषि सामग्रीको बजारीकरण गर्न सस्तो मूल्यमा प्रशस्त उपलब्ध गराई स्वदेशी उत्पादनलाई निरूत्साहित बनाउन विदेशी बिचौलिया केन्द्रित हुन्छन्,’ प्रवक्ता महतले भने, ‘नियोजित रूपमा आन्तरिक उत्पादनले आत्मनिर्भर हुन नसक्ने बनाइ त्यसपश्चात महँगो बनाउँछन्। त्यसबाट बच्न कृषि सामग्रीको भन्सार विन्दुमा कर लगाई नेपाली किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्छ।’

कृषि पेसालाई सम्मानित बनाउन नसक्दा नेपाल कृषिप्रधान देश भए पनि यहाँको उत्पादनले आत्मनिर्भर हुन नसकेको उनले बताए। त्यसका लागि युवालाई प्राविधिक शिक्षा र सीप विकासमा संलग्न गराई स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न आवश्यक रहेको प्रवक्ता महतको भनाइ छ। रासस