२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपाली कांग्रेसको मिसन गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार’



अ+ अ-

पाल्पा। सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको तीन वर्ष कांग्रेसका लागि मिसन–२०८४ नभई गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार भएको बताएका छन्।

यहाँको पूर्वखोलामा बुधबार आयोजित प्रथम लोकतान्त्रिक महोत्सवलाई सम्बोधन गर्दै उनले भने, ‘अबको तीन वर्ष गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार हाम्रो मिसन हो।’

कांग्रेसका लागि तीन वर्ष पर्याप्त समय भएकाले कांग्रेस सक्रिय भएर लाग्ने प्रतिबद्धता महामन्त्री थापाले व्यक्त गरे। संसद्का दुई ठूला दल मिलेर सरकार गठन गर्दा मुलुकमा विकास हुने र नागरिकले राज्यबाट फाइदा पाउने महामन्त्री थापाको भनाइ थियो।

महामन्त्री थापाले अब निःशुल्क स्वास्थ्य, शिक्षा र पर्याप्त रोजगारको वातावरण सिर्जना गर्ने गरी कांग्रेसले काम गर्ने उल्लेख गरे। उनले कांग्रेस २०८४ सम्म राम्रो काम गरेर जनतामाझ जान सक्नुपर्ने बताए।




भर्खरै