८ भाद्र २०८३, सोमबार
,
Latest
हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीचको मर्जर प्रस्ताव अस्वीकृत



अ+ अ-

काठमाडौँ । हिमालयन बैङ्क र इन्भेष्टमेन्ट बैंकबीचको मर्जर प्रस्ताव अस्वीकृत भएको छ । हिमालयन बैंकको शुक्रबार सम्पन्न २९औँ साधारणसभाले मर्जरसम्बन्धी विशेष प्रस्तावलाई अस्वीकृत गरेको हो । मर्जरसम्बन्धी विषयमा सेयरधनीबीच विवाद भएको बताइएको छ ।

प्रस्तावमा सहमति कायम हुन नसकेपछि भएको मतदानमा सो प्रस्ताव अस्वीकृत भएको हो । प्रस्ताव पारित गर्न ७५ प्रतिशत सेयरधनीको स्वीकृति चाहिने भए पनि कर्मचारी सञ्चयकोष, एन ट्रेडिङ कम्पनी, छायाँ इन्टरनेसनललगायतका कम्पनीले मर्जर प्रस्तावमा असहमति जनाएका थिए ।

मर्जर प्रस्तावको विपक्षमा ४२ प्रतिशत मत आएको बताइएको छ । हिमालयन बैंकमा सञ्चयकोषको १४.८७, एन ट्रेडिङ कम्पनीको १२.७७ र छायाँ इन्टरनेसनलको ८.९४ प्रतिशत सेयर लगानी रहेको छ । यी तीन कम्पनीको कुल सेयर लगानी ३६.५८ प्रतिशत भएसँगै मर्जर प्रस्ताव स्वीकृत गर्न आवश्यक ७५ प्रतिशत मत प्राप्त हुन नसकेको हो ।