१३ श्रावण २०८३, बुधबार
,
Latest
मन्त्री बादी र युनिसेफ नेपालकी प्रतिनिधिबीच भेटवार्ता, बालविवाह अन्त्य र महिला–बाल अधिकार संरक्षणमा जोड चितवनकाे देवघाटमा शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु माईतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउने कार्य शुरुः ढल अतिक्रमण गरी बनाइएका संरचनामाथि… चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत निर्वाचन आयोगमा निर्णय प्रक्रिया अल्पमत र बहुमतका आधारमा नभई सर्वसम्मत हुनुपर्छः सांसद ढुंगाना सांसद विष्टको प्रश्नः निर्वाचन आचारसंहिता उल्लंघन भए प्रधानमन्त्रीलाई पनि अन द स्पट कारबाही गर्न सक्नुहुन्छ… १६ वर्षमै मतदानको अधिकार दिनुपर्छः रास्वपा प्रमुख सचेतक बुर्लाकोटी चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै स्वास्थ्य मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्याउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको माग गर्दै फुङलिङमा सद्भाव र्‍याली



अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा केबलकार निर्माणको माग गर्दै फुङलिङमा सद्भाव र्‍याली निकालिएको छ।

स्थानीय बासिन्दा, धार्मिक संघसंस्था तथा पर्यटन व्यवसायीहरूको सहभागितामा आयोजित र्‍याली फुङलिङ बजार परिक्रमा गरेको छ । पाथीभराका केबलकार ताप्लेजुङमा बिकासको आधार भन्दै उनिहरुले बिभिन्न प्ले कार्ड बोकेका छन् । र्‍यालीमा सहभागीहरूले पाथीभरा मन्दिरसम्मको पहुँच सहज बनाउन केबलकार आवश्यक रहेको भन्दै सरकार र सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन्।

उनीहरूले केबलकार निर्माणले पर्यटक तथा भक्तजनहरूको आवागमन सहज हुने, स्थानीय पर्यटन प्रवर्द्धन हुने तथा आर्थिक विकासमा टेवा पुग्ने बताएका छन्। पाथीभरा नेपालकै एक प्रमुख तीर्थस्थल भएकाले सरकारले विशेष प्राथमिकता दिएर परियोजना अघि बढाउनुपर्ने उनीहरूको माग छ।

केबलकार, पाथीभरा आउने तीर्थयात्रीको सुविधाका लागि मात्रै सीमित नभई यसले रोजगारी सृजना गर्ने, पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने र्‍यालीमा सहभागीहरुले बताएका छन् ।

र्‍यालीमा स्थानीय समाजसेवी, जनप्रतिनिधि तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

 

 

 




भर्खरै