२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

सौर्य जहाज दुर्घटनाका पीडितले न्यायका लागि संसद गुहारे

सौर्य जहाज दुर्घटनाका पीडितले न्यायका लागि संसद गुहारे
अ अ+ अ-

काठमाडौँ ।सौर्य एयरलाईन्स दुर्घटनाका पीडित परिवारले न्यायका लागि संसद गुहारेका छन् ।

घटना भएको चार महिना बितिसक्दा पनि न्याय नपाएको भन्दैै पीडित परिवारको तर्फबाट पत्रकार प्रकाश खतिवडाले बुधबार संसद सचिवालयको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उजुरी दर्ता गराएका हुन ।
समितिका सभापति राजकिशोर यादव समक्ष लिखित उजुरी प्रस्तुत गदै खतिवडाले कानूनले दिएको अधिकार प्रयोग गरी सौर्य एयरलाईन्स, नेपाल नागरि उड्यन प्राधिकरण, प्रभु इन्सुरेन्स, नेपाल विमा प्रधिकरण, माननीय सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रीज्यूको नीजि सचिवालय र सम्माननीय प्रधानमन्त्रीको नीजि सचिवालयमा लिखित आवेदन गरेको र कुनै पनि निकायले उत्तरदायित्व बहन नगरेपछि संसदको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितीलाई गुहार्न बाध्य भएको उजुरीपत्रमा उल्लेख गरेका छन् ।

खतिवडाले उजुरीमा सौर्य जाहाज दुर्घटनाको मुख्य कारण एयरलाईन्स व्यवस्थापन पक्षकोे जानाजान लापरवाहि, प्राबिधिक त्रुटि र मानवीय कमजारी रहेको जनाउदै अठारजनाको नरसंघार भएको सौर्य जहाजको घटनाका दोषिलाई कारवाहि गर्न माँग गरेका छन् । उजुरीमा सौर्य एयरलाईन्सको व्यवस्थापन पक्षले १२ वर्ष देखि उर्जा मन्त्रालयमा कार्यरत छोरी प्रिजा खतिवडालाइ फर्जी कागजात तयार गरी एयरलाईन्सको कर्मचारी बनाएर गैरकानूनी हर्कत गरेको दावी गरेका छन् ।

उजुरीमा दुर्घटनाग्रस्त उक्त जहाजको उडान नै गैरकानुनी भएको, सरकारी जाँच आयोग बिधि मिचेर बनाइएको, प्रारम्भिक प्रतिवेदन समेत नियोजित रहेकोले गैर सैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ को नियम २३ बमोजिम निष्पक्ष आयोग गठन गरि घटनाको पुन: जाँच गर्न गराउन खतिवडाले माँग गरेका छन् ।

उजुरीपत्र बुझदै समितिका सभापति राजकिशोर यादवले खतिवडाको उजुरीलाई समितिको बैठकमा राखेर पीडितलाई न्याय दिलाउन पहल गरिने बताए ।

सौर्य एयरलाईन्सको जहाज गत साउन ९ गते त्रिभुवन अन्तराट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनामा खतिवडाको छोरी ज्वाई र नाति सहित १८ जनाको ज्यान गएको थियो । उक्त दुर्घटनामा पाईलट मनिस शाक्य भने बाच्न सफल भएका थिए ।