२ असार २०८३, मंगलवार
,
Latest
अमेरिका–इरान शान्ति सम्झौतापछि ब्रेन्ट तेलको मूल्य ८० डलरभन्दा तल रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ दुर्गमका सामुदायिक विद्यालयमा निःशुल्क स्वास्थ शिविर अमेरिका–इरान समझदारीपछि शान्तिको आशा तर महत्वपूर्ण विषयमा मतभेद कायमै भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर आग्रह परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान बजेटले स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्न मद्दत गर्छ : मन्त्री लिंथेप खेलकुदमन्त्री पोखरेलद्वारा कर्णाली प्रदेश रङ्गशाला निरीक्षण संविधान विपरीत हिँड्ने छुट अर्थमन्त्रीलाई छैन: पूर्वप्रधानन्यायायाधीश कल्याण श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जातीय विभेद र छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गर्ने बताउनुभएको छ ।

संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको जातीय विभेदलगायत विषय सम्बोधन गर्न समितिका संयोजक लोकबहादुर विश्वकर्मा नेतृत्वको प्रतिनिधिमण्डबाट ज्ञापनपत्र बुझेपछि उहाँले उक्त जानकारी दिनुभएको हो । “प्रहरी प्रधान कार्यालयमा एउटा डेस्क गठन गर्छुु । त्यसलाई ७७ जिल्लामै डेस्क बनाउन निर्देश गर्छु,” गृहमन्त्रीले भन्नुभयो ।

जातीय विभेद निर्मूल गर्न सरकार लागिपरेको उहाँले बताउनुभयो । “संविधान निर्माणका क्रममा सबै समुदायका मौलिक हकलाई सुनिश्चिता हुनेगरी राख्नुपर्छ भन्ने मान्छे म हुँ । त्यही अनुसार सबै राजनीतिक दलबीच सहमति भएको हो । जातीय विभेद निर्मूल हुनुपर्छ भनेर म सधैँ लागिपरेको छु,” गृहमन्त्रीले भन्नुभयो ।