१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

‘हाम्रो माया घर’ को निर्माणले गति लिँदै

‘हाम्रो माया घर’ को निर्माणले गति लिँदै
अ अ+ अ-

जलेश्वर । जिल्लाको बर्दिबास नगरपालिकामा निर्माणाधीन ‘हाम्रो माया घर’ ले तीव्रता पाएको छ ।

मधेश प्रदेशका सडक मानव, बेसहारा, अशक्त र असहायलाई सहारा दिने उद्देश्यले बर्दिबास–२ मा सुरु भएको ‘हाम्रो माया घर’ अहिले तीव्र गतिमा निर्माण अगाडि बढेको नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बताउनुभयो ।

परोपकारी भावना बोकेका स्थानीय १५ जना दाताले करिब रु डेढ करोड मूल्य बराबरको साढे पाँच कट्ठा जग्गादान दिएपछि बर्दिबासमा सडक मानवका लागि भवन निर्माण प्रक्रिया सुरु भएको उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार रु १० करोड ६९ लाख लागतमा भवन निर्माण भइरहेकोे छ ।

भागवत मञ्जरी ‘राधिका दासी’को प्रेरणाले बर्दिबासमा गत साउन २१ देखि २९ गतेसम्म आयोजित शिवपुराण महायज्ञमा दानबाट रु दुई करोड ४० हजार १८६ सङ्कलन भएपछि काम सुरु भएको माया घर निर्माण समितिका सचिव चेतकुमार थापाले जानकारी दिनुभयो ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गत साउन ३० गते शिलान्यास गर्नुभएको ‘हाम्रो माया घर’ को निर्माण आर्थिक अभावमा ढिलाइ भएकामा अहिले सहयोग सङ्कलन हुन थालेपछि कामलाई तीव्रता दिइएको सचिव थापाले बताउनुभयो ।

मधेश प्रदेशमा पहिलो पटक सडक मानवको सहायताका लागि निर्माण भइरहेको भवन सबैका लागि प्रेरक, अनुकरणीय र मानव कल्याणको हितमा उदाहरणीय कार्य भएको उहाँको भनाइ छ ।

मानसिक सन्तुलन गुमाएर सडक बाटोमा भौँतारिने, मागेर खाने महिला तथा पुरुष, असहाय सडक बालबालिका, हिंसापीडित वृद्धवृद्धा, मानसिक रुग्णता भएका र परिचय गुमाएकालाई नयाँ नाम, पहिचान र मायाको ओत दिने उद्देश्यले ‘हाम्रो माया घर’ निर्माण थालिएको बताउँदै यथाशीघ्र काम सम्पन्न गरी सञ्चालनमा ल्याइने समितिका अध्यक्ष शम्भुप्रसाद भट्टराईले बताउनुभयो ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा भवन निर्माण गर्न रु १० करोड ६९ लाख ४५ हजार ४७७ लाग्ने उल्लेख छ । प्रतिवेदनअनुसार बालबालिका र अपाङ्गमैत्री तथा भूकम्प प्रतिरोधी अत्याधुनिक दुईवटा भवन बन्नेछन् । खानेपानी, बिजुलीबत्ती र शौचालय सुविधासहितका दुई भवनमध्ये एउटा दुईतले र अर्को चारतलेमा गरी १२ कोठाका हुनेछन् । यसमा आवास, भोजनालय, सभा कक्ष, अध्ययन कक्ष, मन्दिरलगायत संरचना रहनेछन् ।

करिब २०० सडक मानव र अनाथ बालबालिकाको बसोबास, खानपान, स्वास्थ्योपचार र शिक्षा, पूजाआजा र ध्यान तथा आराधनाका लागि मन्दिरको समेत प्रबन्ध गरिने समितिका अध्यक्ष भट्टराईले बताउनुभयो । उहाँका अनुसार निर्माणाधीन भवन ५ वर्षभित्र सञ्चालनमा आइसक्ने छ ।

समितिले भवन तयार भएर सञ्चालन हुनअघि पनि अनाथ बालबालिका र सडक मानवलाई उद्धार गरेर अभिभावकत्व लिने भन्दै इटहरीस्थित माया घरमा व्यवस्थापन गरिने समितिका अध्यक्ष भट्टराईले जानकारी दिनुभएको छ ।

यसैबीच, मधेश प्रदेशका मुख्यमन्त्री सिंहले मधेस प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गरी हाम्रो मायाको घर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्थलगत निरीक्षणका लागि भवन निर्माणस्थल पुग्नुभएका प्रदेशका अर्थमन्त्री सुमनकुमार आगामी आर्थिक वर्षमा भवन निर्माणका लागि रु ५० लाख बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

साथै भौतिक योजना तथा निर्माणमन्त्री सरोजकुमार यादवले मन्त्रालयले रु ३० लाख सहयोग गर्ने जानकारी दिनुभयो । यस घर निर्माण तथा सञ्चालन गर्न निर्माण समिति तथा बर्दिबास नगरपालिकाले सम्पूर्ण शुभेच्छुक व्यक्ति, विभिन्न सङ्घसंस्था, स्थानीयलगायतसँग सहयोगका लागि आग्रह गरेको छ ।