१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

कुसहा–मौवहा–बेल्ही सडक जीर्ण

कुसहा–मौवहा–बेल्ही सडक जीर्ण
अ अ+ अ-

गोलबजार । राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत बनेको कुसहा–मौवहा–बेल्हीसडक जीर्ण हुँदा यात्रु र स्थानीय सास्ती खेप्न बाध्य भएका छन् । कलोपत्र उप्किएर सडक माटो र बालुवामा परिणत भएको सुरुङ्गा नगरपालिका–१० का रोशनकुमार साहको भनाइ छ ।

विसं २०७६ मा बनेको सडकको स्तरोन्नतिका लागि सम्बन्धित निकायले चासो नराख्दा खाल्डाखुल्डी परेर जीर्ण भई सडकमा बालुवा उड्न थालेको छ । त्यसले गर्दा सडक छेउका घर धुलाम्मे देख्न थालेको छ । स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर हुन थालेको बलानबिहुल गाउँपालिका–१ का स्थानीय रासिन्द्र यादवले बताउनुभयो ।

बलानबिहुलका अध्यक्ष खेमचन्द्र यादवले चाँडै सम्बन्धित निकायले पुनः सडक कालोपत्र गर्ने वातावरण नमिलाए आन्दोलनमा जान बाध्य हुने बताउनुभयो । उहाँले गाउँपालिकाले सो सडक पुनःनिर्माणका लागि सङ्घदेखि प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको जानकारी दिनुभयो । जिल्ला प्राविधिक कार्यालय राजविराज सप्तरीले पप्पु मृत सञ्जीवनी जेभी काठमाडौँलाई रु ११ करोड एक लाख ७९ हजार ५५२ मा ठेक्का दिएको थियो ।

सप्तरीको सुरुङ्गा नगरपालिकाको कुशहा बजारदेखि भारतीय सीमावर्ती क्षेत्रमा पर्ने बलानबिहुल–४ बेल्हीसम्म करिब साढे १६ किलोमिटरसम्मको उक्त सडक योजनाअन्तर्गत सडक छेउमा वृक्षरोपण गर्ने भनिए पनि त्यसमा पनि चरम लापरबाही भएको थियो ।

सडको छेउछाउ लामो सयदेखि सफाइ नहुँदा बनमारा झाडी उम्रेर सडक कुरुप देखिन थालेको स्थानीय लक्ष्मीकान्त पासवानको भनाइ छ । स्थानीयका अनुसार सो सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने समयसीमा २०७३ साउन १० गते नै सकिएको थियो । ठेकेदार कम्पनीले ‘ग्राभेल’को काम सकेर बाँकी काम अलपत्र छाडेको राजाराम यादवको भनाइ छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले विसं २०७५ कात्तिक १५ मा जिल्ला प्राविधिक कार्यालयसँग सो सडकको सम्पूर्ण विवरण माग गरी छानबिन थालेपछि ठेकेदार कम्पनीले सडकको काम तीव्र रूपमा अघि बढाएर कालोपत्र गरेको थियो । सडक निर्माण कम्पनीको सडकको काम सन्तोषजनक नरहेको भन्दै स्थानीयले तत्कालीन समयमा असन्तुष्टि जनाए पनि जिल्ला पूर्वाधार विकास कार्यालय सिरहाले ध्यान नदिँदा चाँडै सडक जीर्ण भएको स्थानीयको आरोप छ ।