३ भाद्र २०८३, बुधबार
,
Latest
भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित



अ+ अ-

काठमाडौँ । सन्दीप लामिछाने विकेट लिन सफल भए पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत उनी आबद्ध जमैका तालवाज भने आफ्नो नवौँ खेलमा पराजित भएको छ । ट्रिनिडाडस्थित ब्रायन लारा रङ्गशालामा शनिबार राति भएको खेलमा जमैका, बार्बाडोस ट्रिनिडाडसित सात विकेटले हारेको हो । टस जितेर जमैकाले ब्याटिङ राजेको थियो । निर्धारित २० ओभरको खेलमा जमैकाले चार विकेटको क्षतिमा १६१ रन बनायो । एक सय ६२ रनको विजयी लक्ष्य बार्बाडोसले १८ दशमलव २ ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो । बार्बाडोसका लागि कप्तान जेसन होल्डरले ६९ रन बनाए । यस्तै जोनाथन कार्टरले ४२ तथा मिचेल स्याटनरले अविजित रहँदै ३५ रनको योगदान दिए ।

बलिङतर्फ जमैकाका लागि सन्दीप, ओशाने थोमस र प्रिस्टन मस्वीनले एक एक विकेट लिए । किफायती बलिङ गर्ने क्रममा सन्दीपले ४ ओभरमा २६ रन खर्चिए। उनले बार्बाडोसका कप्तान होल्डरको विकेट लिएका थिए । यसअघि ब्याटिङ गरेको जमैकाका लागि जेर्मेनी ब्ल्याकउडले सर्वाधिक ७४ रन बनाए । यसमा उनको चार छक्का र पाँच चौका सामेल थियो । यस्तै आन्द्रे रसेलले २८ बलमा पाँच छक्का र चार चौकाको मद्दतमा ५४ रनको अर्धसतकीय पारी खेले । ग्लेन फिलिप्सले १७ रन बनाए । बलिङतर्फ बार्बाडोसका जोसुवा बिशप, जेसन होल्डर, राशिद खान र हेडेन वाल्सले एक एक विकेट लिए । 

सन्दीप आबद्ध जमैकाले लिग चरणको अब एक मात्र खेल खेल्न बाँकी छ । जमैका यसअघिनै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । अङ्क तालिकाको चौथो स्थानमा रहेको जमैकाले अब सेमिफाइनल भने शीर्ष स्थानको ट्रिनबागो नाइट राइडर्ससित खेल्नुपर्ने छ । प्रतियोगितामा सन्दीपले उत्कृष्ट बलिङ गर्दै आएका छन्। उनले हालसम्म नौ खेलमा ११ विकेट लिन सफल भएका छन् ।