१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्विडेनमाथि फ्रान्सको जित



अ+ अ-

पेरिस । केयलिन एमबापेले उत्कृष्ट गोल गरेपछि विश्व च्याम्पियन फ्रान्सले नेसन्स लिगमा स्विडेनमाथि शनिबार १–० को जित निकालेको छ । पीएसजीका २१ वर्षीय एमबापेले खेलको ४१ औं मिनेटमा स्विडेनका तीन डिफेन्डरलाई छक्याउँदै गोल गरे ।

शनिबारका खेलमा इंग्ल्यान्ड र पोर्चुगल पनि विजयी रहे । इन्जुरी समयको पहिलो मिनेटमा रहिम स्टर्लिङले पेनाल्टीबाट गोल गरेपछि इंग्ल्यान्डले आइसल्यान्डलाई १–० ले हरायो ।

खेलको अन्त्यमा दुवै टिम १०–१० खेलाडीमा सीमित थिए । क्रिस्टियानो रोनाल्डोविना मैदानमा उत्रेको पोर्चुगलले भने क्रोएसियालाई सजिलै ४–१ ले हरायो ।