७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्याप्टेन उप्रेतीको ‘पायलट प्रेम’ सार्वजनिक



अ+ अ-

काठमाडौँ : क्याप्टेन वेदप्रकाश उप्रेतीको ‘पायलट प्रेम’ पुस्तक सार्वजनिक गरिएको छ ।

सिनामङ्गलस्थित एभिएसन म्युजियममा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उक्त पुस्तक विमोचन गर्नुभएको हो । नेपाल, भारत र इन्डोनेसियामा लामो समयदेखि विमान चालक (पाइलट) को जिम्मेबारी निर्वाह गर्नुभएका उप्रेतीले आफ्नै अनुभव र विभिन्न भोगाईलाई पुस्तकमा समावेश गर्नुभएको छ ।

सो अवसरमा पर्यटनमन्त्री पाण्डेले उप्रेतीको कृतिले नयाँ सिर्जनाको थालनी गरेको बताउनुभयो । एभिएसन म्युजियमले पनि धेरै सम्भावनाको ढोका खुलेको उहाँले उल्लेख गर्नुभयो । पर्यटनमन्त्री पाण्डेले अथाह पर्यटकीय सम्भावना भएको नेपालको पर्यटन प्रवर्द्धनका निम्ति यस्ता सङ्ग्रहालय उपयोगी हुने बताउनुभयो ।

क्याप्टेन उप्रेतीले आफ्नो पाइलट जीवनका भोगाई र अनुभवलाई समेटिएको कृतिले पाइलट अध्ययन गर्न चाहने विद्यार्थीकालागि प्रेरणादायी बन्ने विश्वास व्यक्त गर्नुभयो । उडान क्षेत्रको जोखिम र साहसिक कामका साथै जीवनका विभिन्न भोगाइलाई कृतिमा समेटिएको उहाँले बताउनुभयो ।रासस