१८ भाद्र २०८३, बिहीबार
,
Latest
‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङमा सोरुमबाटै गाडी चोरि, कसरी भेटियो ?



अ+ अ-

काठमाडौँ । मोरङमा सोरुमबाट गाडी चोरी भएको छ ।

शुक्रबार बिहान विराटनगर महानगरपालिका–३ पिपल चोकनजिक पूजा इन्टरनेसनल नेपाल प्रा‍लिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुमबाट गाडी चोरी भएको हो ।

चोरीको घटनामा संलग्नलाई एक जनालाई प्रहरीले शुक्रबार नै पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर ४ बस्ने मन्तोष कुमार बिन रहेका छन् ।

काठमाडौँको शाखा कार्यालयको रूपमा रहेको उक्त सोरुमको ढोकाको सिसा फुटाई खुला घर्रामा रहेको चाबी झिकेर बिनले टाइगुन मोडलको कार र १ थान ल्यापटप चोरेर फरार भएका हुन् ।

घटनापछि सोरुमका मेनेजर इन्द्रराज श्रेष्ठले प्रहरीमा खबर गरेसँगै चोरीमा संलग्नको खोजतलास सुरु भएको थियो । प्रहरीका अनुसार मन्तोषले शोरुमबाट चोरी गरेको नयाँ गाडी भारततर्फ लैजान खोजेका थिए । तर, पेट्रोल सकिएकै कारण अघि बढ्न नसक्दा उनी पक्राउ परे ।

पक्राउ परेका बिनमाथि आवश्यक कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।