८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपडेटः त्रिशुलीमा वेपत्ता मोटरसाइकल चालक भारतीय सेनामा कार्यरत



दुर्घटनामा परेको मोटरसाइकल
अ+ अ-

काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत २ किलो भन्ने स्थानमा मोटरसाइकल दुर्घटनामा परेको छ ।

बा प्रदेश ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल पर्खालमा ठोक्किएर दुर्घटनामा परेको हो ।

मोटरसाइकल चालक त्रिशुलीमा खसेर वेपत्ता भएका छन् । उनको खोजि कार्य जारी छ ।

मोटरसाइकल सडक छेउको पर्खालमा ठोक्किएर दुर्घटनामा परेको हो । मोटरसाइकल सडकको छेउमै रहेको छ ।

बेपत्ता हुनेमा लमजुङ चन्द्रेश्वर–३ का रोहित राना रहेका छन् । उनी भारतीय सेनामा कार्यरत रहेको खुलेको छ ।