५ पुष २०८२, शनिबार
,
Latest
बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन प्रवर्द्धन गर्न ‘ऐनापोखरी महोत्सव’



अ+ अ-

इलाम। अधिकभन्दा अधिक आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले चुलाचुली गाउँपालिका ३ र ४ मा अवस्थित ऐनापोखरीमा महोत्सव आयोजना गरिएको छ ।

दशदिनसम्म जारी रहने महोत्सवको बिहीबार आयोजित विशेष कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले उद्घाटन गरे । त्यस अवसरमा उनले स्थानीय पर्यटकीय क्षेत्रहरुको संरक्षण र विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताए।

महोत्सवमा खेलकुद प्रतियोगिता,सांस्कृतिक कार्यक्रमका साथै घरेलु उत्पादनको प्रदर्शनी पनि हुनेछ । सहज रुपमा ऐना पोखरी पुग्न चुलाचुली गाउँपालिकाले मोटर सञ्चालन हुने सडक निर्माण गरेको छ । चुलाचुली पालिकाले पोखरी आसपासको क्षेत्रमा प्रतीक्षालयलगायत विविध भौतिक संरचना पनि निर्माण गरेको छ ।