३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

डान्सबारमा कुटपिट हुँदा एक जनाको मृत्यु



अ+ अ-

रुपन्देही। नवलपरासी पश्चिमको बर्दघाटस्थित एक डान्स बारमा भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ।

बर्दघाट नगरपालिका–१३, जमुनाबारीमा रहेको नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा माघ २८ गते राति दुई पक्षबिच कुटाकुट भएको प्रहरीले जनाएको हो ।

घटना गत माघ २८ गते मध्यराति भएको भए पनि घाइते प्रतापुर गाउँपालिका–९ खैरेनीका वर्ष ४५ का सन्तबहादुर चौधरीको उपचारको क्रममा ३० गते साँझ साढे ४ बजे चौरहा अस्पताल बुटवल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जनाकारी दिए।

डान्सबारभित्र भिडियो खिचेको निहुँमा झगडा भएको बताइएको छ ।  घटनामा संलग्न भएको आरोपमा प्रहरीले डान्स बारका सञ्चालक राकेश हरिजनसहित प्रतापपुर–१ बस्ने अमित चौधरी र सोही स्थानका सरोज चौधरीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनबारे अनुसन्धान थालिएको जनाएको छ।