२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद मन्त्री चौधरीको भ्याकेट सर्वोच्चबाट अस्विकार ,सदस्य हटाउने योजना पुन: बिफल



अ+ अ-

काठमाडौं । युवा तथा खेलकुद मन्त्री एबं खेलकुद परिषद्का अध्यक्ष तेजुलाल चौधरीले परिषद्का केही सदस्यलाई हटाउन माग गर्दे सर्वोच्च अदालतमा पेश गरेको भ्याकेट खारेज भएको छ ।

गत भाद्र २१ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल ईजालासले परिषद्का सदस्य प्रकाश कुमार कुसारीलाई तत्काल पदबाट नहटाउन अन्तरिम आदेश दिएको थियो । यसै गरी केही दिन पछि अन्य चार सदस्यलाई पनि नहटाउ आदेश दिएको थियो ।

उनिहरुलाई हटाउन माग गर्दे मन्त्री चौधरी निर्णय पुन बिचार गर्न माग गर्दे सर्वोच्च गएका थिए । न्यायधीस हरि फुयाल र बालकृष्ण ढकालको सयुक्त ईजलासले मन्त्रीले निबेदनलाई भ्याकेटमा जान प्राबिधिक रुपमा नमिल्ने भन्दै अस्वीकार गरेको छ ।

अन्तरिक आदेशको पूर्ण सुनुवाईका लागि तोकिएको अबस्था भ्याकेटमा जान प्राबिधिक रुपमा मिलने अदालतको आदेशका भनिएको छ ।

सरकारले नेतृत्व परिवर्तन भएसँगै मन्त्रिस्तरिय निर्णयबाट युवा तथा खेलकुद मन्त्रालयले सदस्य कुसारी लगायत केही सदस्यलाई हटाउने निर्णय गरेको थियो । मन्त्रालयको निर्णय विरुद्ध कुसारीले सर्बोच्चमा रिट दायर गर्नुभएको थियो ।

एकै प्रकृतिमा नियुक्ति भएकाहरुका बारेमा सरकार पुर्बाग्रही भएर केही सदस्यलाई मात्र हटाउने निर्णय सरकारले गरेका कारण आफू अदालतको ढोकामा पुगेको कुसारीले बताउनुभयो ।

 




भर्खरै