२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रातृ संगठनहरूको अधिवेशन चैतमै गर्ने काँग्रेसको निर्णय



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसले विभिन्न भ्रातृ संस्थाहरूको अधिवेशन तोकिएको समयमै गर्ने निर्णय गरेको छ ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र विभिन्न भ्रातृ संगठनबीचको छलफलपछि सबै भ्रातृ संगठनहरूको अधिवेशन चैत महिनामै गर्ने निर्णय गरेको हो। काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केही चुनौती भए पनि तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्ने निर्णय भएको बताए।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केही चुनौती भएपनि तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्ने निर्णय भएको बताए। उनले भ्रातृ संस्थाका निर्देशन समिति र प्रमुखहरुसँग अधिवेशन तयारीका बारेमा छलफल भएको बताए। तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न पार्टीले गर्नुपर्ने सहयोगका बारेमा सुझाव पनि लिएको प्रवक्ता महतले बताए।

उनले भने, ‘भातृ संगठनहरुको अधिवेशन सम्पन्न गर्न सिनियर साथीहरुलाई राखेर निर्देशक समिति गठन गरी अधिवेशन चैतसम्म गर्ने भनेर पार्टीले निर्णय गरेको थियो, त्यसैको प्रगतिका बारेमा नेतृत्वमा प्रस्तुत गर्ने र पार्टीले कसरी मद्दत गर्नसक्छ भन्ने बारेमा उहाँहरुसँग छलफल केन्द्रित भयो ।