७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक

नेपाल समाजवादी पार्टीको नयाँ नेतृत्वका लागि मतदान सुरु

नेपाल समाजवादी पार्टीको नयाँ नेतृत्वका लागि मतदान सुरु
अ+ अ-

काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। काठमाडौंमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय समिति सदस्य चयनका लागि भर्खरै मतदान सुरु भएको सो पार्टीका नवनिर्वाचित उपाध्यक्ष मानुषी यमी भट्टराईले जानकारी दिइन्।

उनका अनुसार यही माघ २७ गते प्रज्ञा भवनमा सुरु भएको महाधिवेशनबाट दुई उपाध्यक्ष, एक कोषाध्यक्षसहित केही केन्द्रीय सदस्य निर्विरोध चयन भएका छन्। पार्टीको महिला उपाध्यक्षमा मानुषी यमी भट्टराई र दलित उपाध्यक्षमा दुर्गा सोब निर्विरोध निर्वाचित भएका छन्।

निर्विरोध भएका पदाधिकारी र केन्द्रीय सदस्यमा कोशी प्रदेश केन्द्रीय सदस्य (खुला) मणि राई, कोशी प्रदेश केन्द्रीय सदस्य (महिला) तारा बास्तोला दवाडी, मधेस प्रदेश केन्द्रीय सदस्य (महिला) बिबि समिना खातुन, बागमती प्रदेश केन्द्रीय सदस्य (महिला) बसुन्धरा सापकोटा, गण्डकी प्रदेश केन्द्रीय सदस्य (खुला) चित्र सापकोटा, गण्डकी प्रदेश केन्द्रीय सदस्य (महिला) नारायणी अधिकारी, लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (खुला) कमल खनाल छन्।

यस्तै लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (महिला) सुनिता काफ्ले, कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुल्ला) लक्ष्मीप्रसाद भट्टराई, कर्णाली प्रदेश केन्द्रीय सदस्य (महिला) मीराकुमारी मल्ल, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुला) रतनबहादुर टमटा, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला) सत्यदेवी चापागाईं, भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुला) लोकेन्द्रबहादुर सुनार, केन्द्रीय सदस्य खुला युवा महिला निशा श्रेष्ठ, आदिवासी जनजाति युवा महिला मञ्जु माया तामाङ, मधेसी महिला अमृताकुमारी देवी, दलित केन्द्रीय सदस्य युवा हिक्मत विक र थारू महिला गीता थनेत निर्विरोध निर्वाचित भएका छन्।

पार्टी अध्यक्षमा डा बाबुराम भट्टराई र नेत्र चापागाईंबीच प्रतिस्पर्धा हुने जनाइएको छ। महाधिवेशनमा एक हजार पाँच समय प्रतिनिधि छन्। महाधिवेशनमार्फत ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ।