६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव News Polar सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो News Polar त्रिपुरेश्वर बस चालक आत्मदाह प्रकरणले संसद तरंगितः ट्राफिक ज्यादती र युवा निराशामाथि सांसदहरूको आक्रोश

एलिनालाई रचनाको साथः अब तपाईंलाई मुखले मात्रै होइन मनबाट नै हाँसेको हेर्न पाउछु भन्ने ठुलो आशा छ

एलिनालाई रचनाको साथः अब तपाईंलाई मुखले मात्रै होइन मनबाट नै हाँसेको हेर्न पाउछु भन्ने ठुलो आशा छ
अ+ अ-

काठमाडौँ । गायिका एलिना चौहान र विष्णु सापकोटाबीच सम्बन्धविच्छेद भएको छ ।

गायिकाले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । योसँगै एलिनालाई सामाजिक सञ्जालमा थुप्रै कलाकार तथा व्यक्तिहरुले साथ दिइरहेका छन् ।

यसैबीच गायिका रचना रिमालले पनि एलिना चौहानलाई साथ दिएकी छन् । उनले फेसबुकमा आफ्नो र एलिनाको तस्बिर राख्दै भनेकी छन् – ‘दिदि अब तपाईंलाई मुखले मात्रै होइन मनबाट नै हासेको हेर्न पाउछु भन्ने ठुलो आशा छ । अरु खुसी आउँदै, जाँदै गर्छन् तर मनको खुशि आफैंले स्थापित गर्ने हो । म तपाईंको शुभचिन्तक हिजो पनि थिए, आज पनि छु र भोलि पनि रहनेछु । आई लभ यु मेरी दिदि ।’

एलिनाले यही माघ १८ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी थिइन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेकी हुन् ।

गायिका चौहान र अष्ट्रेलिया निवासी विष्णु सापकोटा गत वैशाख ५ मा वैवाहिक बन्धनमा बाँधिएका थिए ।

यस्तो छ रचना रिमालको फेसबुक पोस्टः

प्रिय दिदि एलिना ,
हाम्रो चिनजान त हामि साङ्गितिक क्षेत्रमा प्रवेश गरेपछि नै भएको हो। हामि थोरै समय मात्रै अघिपछि यो क्षेत्रमा आएका हौं। हामिले सुरुवाति चरणमै केहि साङ्गितिक कर्ममा सहकार्य गर्न पायौं। हाम्रो सहकार्य हुँदै गर्दा नै हामि दिदिबहिनी बिच एक अटुट सम्बन्ध बनिसकेको रहेछ। हुँन त झट्ट हेर्दा अरुको नजरमा हामि बिच प्रतिस्पर्धा र इर्ष्याको भावना हुनुपर्ने जस्तो देखिन्छ तर हामि बिचमा खै के मिल्यो त्यो कहिल्यै मनमा भएन र छैन पनि। तथापि हाम्रो सम्बन्धमा फुट ल्याउन केहि सिमित व्यक्तिले नखोजेका भने होइनन । तर हामि निरन्तर हाम्रो आफ्नो कर्ममा लागि रहयौँ, एक अर्काको दु:ख सुख साटिरहयौँ। हामि घन्टौँ फोनमा र भिडियो कलमा हाँसेका छौँ ,रोएका छौँ। दिदिको विवाह हुने कुरा सुनेर ‘रचना जसरी नि आउँनु पर्छ अरु थाहा छैन”भनेर तपाईंले खबर गरे देखि म आफैमा एउटा छुट्टै खुशि थियो, उमङ्ग थियो । बिहेको दिनमा एउटै कुरा मनमा थियो ‘कतै दिदि अब नेपाल बाहिरै बस्ने त होइन र’ बिहेघरबाट अन्माउँदै गर्दा खै किन हो म एकदम भावुक भएकी थिए, तपाईंलाई अङ्गालो हालेर बिदाइ गर्दा अनेकौँ कुरा मनमा खेल्दै थियो। विवाह पश्चात् तपाईं अस्ट्रेलिया गएपछि अब उतै नै बस्ने अरे भन्ने सुनेपछि ‘दिदि तपाईं नेपाल नै आउनु है , यहि मिलेर काम गर्नुपर्छ ‘भनेर मैले धेरै पटक आग्रह गरेँकी थिए। त्यसपछि तपाईं फर्कनुपनि भयो, सबै राम्रै भैरहेको थियो। तर पनि हामो कुराकानी हुँदा तपाईंको भित्री मनले भोगिरहेको पीडा थाहा पाउँदा कति समय म आफुलाई नै पिडा महसुस हुँन्थियो । अन्ततः आज तपाईंले एकदम ठुलो आँट र मनले यो निर्णय लिनुभएको छ। दिदि अब तपाईंलाई मुखले मात्रै होइन मनबाट नै हासेको हेर्न पाउछु भन्ने ठुलो आशा छ। अरु खुशि आउँदै, जाँदै गर्छन तर मनको खुशि आफैले स्थापित गर्ने हो। म तपाईंको शुभचिन्तक हिजो पनि थिए, आज पनि छु र भोलि पनि रहनेछु। आई लभ यु मेरी दिदि