२५ चैत्र २०८१, सोमबार
April 7, 2025 Monday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.01

Wind: 2.06

Humidity: 56

तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकुम्भबाट फर्किएको हायसलाई ट्रकले ठक्कर दिँदा सात जनाको घटनास्थलमै मृत्यु



अ+ अ-

एजेन्सी । भारतको मध्य प्रदेशको जबलपुर जिल्लामा एक हायसलाई ट्रकले ठक्कर दिएको छ । भीषण सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने ठक्करबाट चकनाचुर भएको गाडीमा केही यात्रु फसेका छन् ।

उनीहरु गम्भीर घाइते भएकाले उनीहरुलाई बचाउने प्रयास भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । जानकारी अनुसार जबलपुरको राष्ट्रिय राजमार्ग ३० मा बिहान ८ बजे दुर्घटना भएको हो ।

सूचना पाएलगत्तै कलेक्टर र एसपीसहितको प्रहरी टोली घटनास्थलमा पुगेर यात्रुमा फसेका मानिसको उद्धारको प्रयास सुरु गरेको थियो ।

ट्राभलरमा सवार सबै आन्ध्र प्रदेशका रहेको बताइएको छ । जो महाकुम्भमा स्नान गर्न प्रयागराज आएका थिए । घर फर्कने क्रममा जबलपुरमा गाडी दुर्घटनामा परेको थियो ।

प्रहरीले मृतक र घाइतेका परिवारलाई फोन गरेर दुर्घटनाबारे जानकारी गराएको छ । गम्भीर घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव अस्पतालको शवगृहमा राखिएको छ । परिवारका सदस्य आएपछि उनीहरुको पोस्टमार्टम हुनेछ ।