२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ

कोरोना भाइरसबाट विश्‍वभर ९ लाखभन्दा बढि मानिसको ज्यान गयो

कोरोना भाइरसबाट विश्‍वभर ९ लाखभन्दा बढि मानिसको ज्यान गयो
अ अ+ अ-

काठमाडौँ । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ लाख नाघेको छ । बिहीबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ लाख २ सय ३९ पुगेको जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरले जनाएको छ । यो समाचार तयार पार्दासम्म विश्वका विभिन्न देशमा गरी संक्रमितको संख्या करिब दुई करोड ७७ लाख पुगेको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये एक करोड ८६ लाखभन्दा बढी निको भएका छन् । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहीबार बिहानसम्म ६३ लाख ५८ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै अमेरिकामा एक लाख ९० हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा निको हुनेको संख्या करिब २३ लाख ८७ हजार रहेको छ ।

त्यस्तै अमेरिकापछि सबैभन्दा बढी प्रभावित भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४३ लाख ७० हजारभन्दा बढी पुगेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ हजार ८ सय ९० पुगेको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब ३४ लाख निको भएका छन् । त्यस्तै ब्राजिलमा करिब ४१ लाख ६२ हजार संक्रमित भएका छन् भने एक लाख २७ हजारभन्दा बढी मृत्यु भएको छ । ब्राजिलमा संक्रमण पुष्टि भएकामध्ये करिब ३५ लाख ७२ हजारभन्दा निको भएका छन् ।

चौथो स्थानमा रहेको रुसमा संक्रमितको संख्या १० लाख ३७ हजार नाघेको छ । रुसमा कोरोना संक्रमणबाट करिब १८ हजार जनाको मृत्यु भएको छ । रुसमा करिब ८ लाख ५४ हजार संक्रमित निको भएका छन् । बुधबार साँझसम्म नेपालमा कोरोना संक्रमणबाट ३१२ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा ४९ हजार २ सय १९ जनामा संक्रमण पुष्टि भएको छ भने ३३ हजार ८ सय ८२ जना निको भएका छन् । कान्तिपुर दैनिक