२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

केजरीवाल–सिसोदिया चुनाव हारे, २७ वर्षपछि दिल्लीमा भाजपा सरकार



अ+ अ-

एजेन्सी । भारतीय जनता पार्टी  (भाजपा)ले २७ वर्षपछि दिल्लीमा पुनरागमन गर्दैछ । भारतको निर्वाचन आयोगका अनुसार भाजपाले ५ सिट जितेको छ भने ४३ सिट अर्थात् कुल ४८ सिटमा अग्रता लिएको छ ।

आम आदमी पार्टी (आप)ले ६ सिट जितेको छ भने १६ सिट अर्थात कुल २२ सिटमा अगाडि छ । कांग्रेसले एक सिट पनि पाएको छैन ।

आम आदमी पार्टीका अरविन्द केजरीवाल नयाँ दिल्लीबाट चुनाव हारेका छन् भने मनिष सिसोदिया पनि जंगपुरा सिटबाट चुनाव हारेका छन् । तर, मुख्यमन्त्री आतिशी कालकाजीले चुनाव जितेकी छन् । अर्का नेता सत्येन्द्र जैनले पनि चुनाव हारेका छन् ।

हारपछि केजरीवालले भने–‘हामी हार स्वीकार गर्छौं । म बीजेपीलाई जितको लागि बधाई दिन्छु । जनताले उसलाई बहुमत दिएका छन् । उनीहरुले जनताको अपेक्षा पूरा गर्नेछन् भन्ने आशा लिएको छु ।’

दिल्लीस्थित भाजपा मुख्यालयमा उत्सव जारी छ । प्रधानमन्त्री नरेन्द्र मोदी साँझ ७ बजे पार्टी मुख्यालय पुगेर कार्यकर्तालाई सम्बोधन गर्नेछन् । यसैबीच केजरीवाललाई पराजित गर्ने बीजेपी उम्मेदवार प्रवेश वर्माले अमित शाहलाई भेट गरेका छन् ।

सन् २०२० मा भाजपाले जम्मा ८ सिट मात्र जितेको थियो । तर सन् २०२५ मा भने सो पार्टीले ६ गुणा बढी जित निकाल्दै ४८ सिट जित्नेतर्फ अगाडि बढेको छ ।

केजरीवालको नयाँ दिल्ली सिटमा २० जना उम्मेदवारको जमानत जफत भएको छ । उनीहरूले अत्यन्तै कम मत प्राप्त गरे । केजरीवाल प्रवेश वर्मासँग ३ हजार मतले पराजित भए ।